शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

स्वास्थ्य क्षेत्रमा बजेट बढाउन स्थानिय तहका प्रमुखहरुको प्रतिबद्धता

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : आइतवार, असार ६, २०७८


स्वास्थ्य क्षेत्रमा बजेट बढाउन स्थानिय तहका प्रमुखहरुको प्रतिबद्धता

६ असार । बुटवल लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले सबै तहका सरकारले जनस्वास्थ्यलाई विशेष ध्यान दिन अनुरोध गरेका छन् । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको समन्वय र सम्वाद समुह सचिवालयको व्यवस्थापनमा आइतबार सम्पन्न भर्चुअल सम्वादमा प्रदेश सभा दलका सचेतक एवं सांसदहरु , नगरपालिका र गाँउपालिका महासंघका प्रमुख तथा प्रतिनिधी, उपमहानगरपालिका, नगरपालिका र गाँउपालिकाका प्रमुख तथा प्रतिनिधीहरु, जिल्ला समन्वय समितिका प्रमुखहरू, अस्पतालका मेसुज्युहरु, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधिहरु, पत्रकारहरू लगायतको उपस्थितिमा बोल्दै मन्त्री श्रेष्ठले भने ‘समृद्ध प्रदेश, खुशी जनता प्रदेशको प्रमुख साेंच हो । स्वस्थ नागरिक भएमात्र समृद्ध प्रदेश निर्माण गर्न सकिन्छ । जनस्वास्थ्यको ग्यारेन्टिका लागि सवै तहका सरकारले लगानी वृद्धि गर्नुका साथै अत्यावश्यक जनस्वास्थ्य ऐनको प्रभावकारी कार्यान्वयन गर्दे नियमन,प्रोत्साहन र सहकार्य गर्नुपर्ने आजको प्रमुख आवश्यकता रहेको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको धारणा रहेको छ ।’

संघियतामा ३ वटै तहका सरकार बिचको दरिलो सहकार्य विना स्वस्थ समाज निर्माण गर्न असम्भव हुने बताउँदै स्वास्थ्य संरचनाहरुमा जनशक्ति, उपकरण र गुणस्तरीय सेवालाई प्रभावकारी वनाउन नसक्ने हो भने फेरि पनि कोभिड १९ जस्ता अन्य आकस्मिक महामारीसंग जुध्न कठिन हुने र मानवीय क्षती बाध्य हुनुका साथै आर्थिक विकास समेत अवरुद्ध हुने बताए । उनले कोभिड १९ को व्यवस्थापन र नियन्त्रणमा राज्यले वेहोर्नुपरेको चुनौतीबाट शिक्षा लिएर अबको विकासको प्रमुख एजेण्डा जनस्वास्थ्यलाई बनाउनु पर्ने बताए । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राखेर बजेट ल्याएको बताउँदै स्थानीय सरकारहरुले पनि जनस्वास्थ्यलाई प्राथमिता दिई नीति,कार्यक्रम र बजेटमा समावेश गर्न अनुरोध गरे ।

स्वास्थ्य क्षेत्रलाई प्रभावकारी र जनमुखी वनाउन नीजि, सरकारी, सामुदायिक र सहकारी मोडललाई आत्मसात गर्दे लागत सहभागिताको सिद्धान्तको आधारमा अवको स्वास्थ्य सुदृढीकरण गर्ने नीति प्रदेश सरकारले लिएको मन्त्री श्रेष्ठले बताए ।

मन्त्री श्रेष्ठले केही योजना तथा कार्यक्रम यसरी प्रस्तुत गरे :

– निर्वाचन क्षेत्र विशेष स्वास्थ्य पुर्वाधार विकास तथा निर्माणमा सहभागितामुलक साझेदारी गर्ने योजना छ ।
– चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको मनोवल उच्च वनाउन प्रोत्साहनका गतिविधीहरु संचालन गर्ने एवं दुर्गम र अपायक स्थानहरुमा पनि विशेषज्ञ सुविधा प्रदान गर्ने कार्यक्रम छ ।
-प्रथम चरणका लागि सरकारी अस्पतालहरुमा विरामीले निशुल्क रगत प्राप्त गर्ने व्यवस्था सुनिश्चित गर्न स्थानीय तहसंगको सहकार्यको कार्यविधी तयार गरी कार्यान्वयन गरिने छ ।

– नयाँ टेक्नोलोजी र ज्ञानमा अद्यावधिक हुन चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई पुर्नताजगी तालिमहरु संचालन गर्ने योजना अगाडि सारेको छ ।
– जिल्ला अस्पतालहरु, प्रादेशिक अस्पतालहरुलाई विशिष्टिकृत सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्ने योजना अगाडि वढाइने छ ।
– स्थानीयतहसंगको सहकार्यमा प्राथमिक स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी र अन्य स्वास्थ्य इकाइहरुको क्षमता विस्तार गर्ने योजना अगाडि सारिएको छ ।
– संक्रामक तथा सरुवा रोग नियन्त्रण विशेष अस्पताल कपिलवस्तुको गोरुसिंगेमा निर्माण गर्ने प्रकृयालाई निरन्तरता दिइएको छ ।
– स्वास्थ्यलाई एकिकृत गर्दे सेवा प्रवाहा गर्ने नीति लिइएको छ ।
– ८० वर्षका माथिका वृद्ध आमावुवाहरुलाई घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम वनाइएको छ ।
यसका साथै निरन्तरताका कार्यक्रमहरु र अन्य केही नविनतम स्वास्थ्य कार्यक्रमहरु समेत संचालन गरेर स्वस्थ समाज निर्माणको जग बसाल्ने अभियानमा प्रदेश सरकार र स्थानीयतह बीच सुमधुर सहकार्य स्थापीत गर्ने सोच प्रदेश सरकारको रहेको बताए ।

सो कार्यक्रममा माओवादी केन्द्रका मुख्य सचेतक तुलाराम घर्तीले बजेट वृद्धि भएपनि स्वास्थ्य क्षेत्रमा १५-२० प्रतिशत बजेट छुट्याउनु पर्नेमा सो नभएको बताए । नेपाली काङ्ग्रेसका मुख्य सचेतक फकरूद्दिन खानले स्वास्थ्य समस्या समाधान गर्न साझा र सामुहिक सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताए । नेपाल नगरपालिका महासंघका लुम्वनी अध्यक्ष एवं बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेपनि सरकार र सम्वद्ध सरोकारवाला बिचको समन्वय आवश्यक भएको बताए । तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले स्वास्थलाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्ने बताए । आयुर्वेद उपचार तर्फ ध्यान दिनुपरबताउँदै नेपाल गाँउपालिका महासंघ लुम्वनी अध्यक्ष एव छत्रकोट गाउँपालि गुल्मीका प्रमुख मधुकृष्ण पन्तले हरेक पालिकाले स्वास्थ्य क्षेत्रमा बजेट बढाउन अनुरोध गरे । कोरोनाको तेस्रो वेव आउने लगभग निश्चित रहेको बताउँदै भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले जिर्ण अस्पतालको सुधार गर्नुपर्ने, जनशक्तिको चरम अभाव न्यूनीकरण गर्नुपर्ने र यो वर्षलाई स्वास्थ्यमा लगानी वर्ष बनाएको भए राम्रो हुने बताए । कार्यक्रम संधिखर्क नगरपालिकाका मेयर कमल भुषाल, छत्रदेव गाउपालिका प्रमुख लेखनाथ पोख्रेल, शिवराज नगरपालिकाका नेत्रराज अधिकारी, प्युठानका मेयर अर्जन कक्षपती डब्लुएचओका प्रतिनिधि हरि भुसाल, स्वास्थ्य कार्यालय रूपन्देहीका अध्यक्ष डाक्टर राजेन्द्र गिरी, लगायत जिल्ला समन्वय समितिका प्रमुखहरू, विभिन्न पालिकाका प्रमुख उपप्रमुखहरू लगायतले स्वास्थ्य सेवा र सुरक्षालाई प्राथमिकतासाथ वजेट छुटयाउन र कार्यान्वयन गर्न कन्जुस्याई गर्न नहुने तर्क राखे ।

सम्वाद समूह, सचिवालय तल्सीपुरका सहजकर्ता सुशिल वस्नेत, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव विक्रम खड्काद्धारा सहजीकरण गरिएको कार्यक्रममा सञ्चारकर्मी, सम्वादकर्ता लगायतका सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra