शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

लुम्बिनी आयुर्वेद चिकित्सालयमा पदस्थापन कार्यक्रम

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : सोमवार, असार ७, २०७८


लुम्बिनी आयुर्वेद चिकित्सालयमा पदस्थापन कार्यक्रम

७ असार बुटवल । विश्व योग दिवसको अवसर पारेर लुम्बिनी आयुर्वेद चिकित्सालय विकास समिति बुटवलका पदाधिकारीहरूको स्वागत तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ धेरै पहिले विश्वास रहदै आएको आयुर्वेद चिकित्सामा विरामीको आकर्षण कम हुदा कोभिडको यो महामारीमा आशातीत उपचार नभएको बताए । उनले भने ‘आयुर्वेद क्षेत्रमा सरकारले गरेको लगानी अनुरूप नतिजा आउन नसकेकोमा अब नतिजा आउनेगरी काम गर्न अनुरोध गर्दछु ।’ नयाँ पदस्थापित टिमले खटेर काम गरेर सेवालाई जनमुखी बनाउनअनुरोध गर्दै श्रेष्ठले आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए ।

आफ्नो धारणा राख्दै : स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ

प्रदेश सरकारको स्वास्थ्य नीति विशेषगरी आयुर्वेद सम्बन्धि नीतिको बारेमा प्रष्ट पार्दै लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले आयुर्वेद चिकित्सा सुदृढ हुनेमा विश्वास व्यक्त गरे । प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले काम गर्न सके बजेटको कमि नहुने बताए । कार्यक्रममा सहभागी बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले आवश्यक सहयोग गर्न स्थानीय सरकार तयार रहेको बताए । लुम्बिनी आयुर्वेद चिकित्सालय विकास समितिक‍‍ो अध्यक्षको पदस्थापन ग्रहण गरेका शिव ज्ञवालीले बिरामीको विस्वास जित्दै सेवालाई गुणस्तरीय बनाउने प्रतिबद्धता जाहेर गर्दै भौतिक र व्यवस्थापकीय सुदृढीकरणका लागि सरकारले सहयोग गर्न अनुरोध गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक डा विनोद कुमार गिरी, नेपाल औषधी व्यवसायी संघका पुर्व अध्यक्ष बाबुराम भट्टराई, लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सुर्य बहादुर भट्टराई भट्टराई, डा नालिननाथ तिवारी, नरहरि अर्याल लगायतले आआफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra