शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

आइपास नेपालद्वारा स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : बुधबार, असार ९, २०७८


आइपास नेपालद्वारा स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण

९ असार, बुटवल । यौन तथा प्रजनन स्वास्थ्य विशेषगरी सुरक्षित गर्भपतन सम्बन्धि काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आइपास नेपालले लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरेको छ ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले संस्थाप्रति धन्यवाद ज्ञापन गरे । उनले मानव स्वास्थ्यमा आएको विषम परिस्थितिको सामना गर्नमा सरकारी तथा गैरसरकारी निकायको साथ महत्त्वपूर्ण हुने बताउँदै यो स्वास्थ्य संकट छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरे ।

पहिले पनि कोभिड विशेष स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गर्दै आएको आइपास नेपालले यस पटक २४ लाख ५८ हजार मुल्य बराबरको सामाग्री हस्तान्तरण गरेको हो । सेनिटाइजर , केएन-95 मास्क, सर्जिकल मास्क, ग्लोब्स, पीपीई सेट, एप्रोन, पल्सअक्सिमिटर, डिजटल थर्मोमिटर, सुरक्षीत गर्भपतन सम्बन्धि औषधी तथा सामाग्रीहरू, स्वास्थ्य जनचेतनामूलक सामाग्रीहरू वितरण गरिएको सो संस्थाका लुम्बिनी प्रदेश संयोजक जीवन देवकोटाले बताए ।

सो सामाग्री उक्त संस्थाको कार्यक्षेत्र रहेका लुम्बिनी प्रदेशका ३ वटा जिल्ला पाल्पा, अर्घाखाँची र रोल्पा जिल्लाका ११ वटा स्थानीय पालिकाका सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरू, स्वास्थ्य कार्यालयहरु, अस्पतालहरूलाई वितरण गर्नेगरी स्वास्थ्य सुरक्षाका सामाग्री बितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra