शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

एक्सपर्ट फाउन्डेसनद्वारा कन्सन्ट्रेटर हस्तान्तरण

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : सोमवार, असार १४, २०७८


एक्सपर्ट फाउन्डेसनद्वारा कन्सन्ट्रेटर हस्तान्तरण

१५ असार, कञ्चन रूपन्देही । एक्सपट फाउन्डेसन काठमाडौंले कञ्चन गाउँपालीकालाई  १० लिटर क्षमताको १ थान कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । पहिले कोभिड बढ्दै जाँदा जनताको स्वास्थ्य उपचार गर्नमा समस्या परेको स्मरण गर्दै कञ्चन गाउँपालीकाका प्रमुख गोकर्ण बहादुर क्षेत्रीले एक्सपर्ट फाउन्डेसन जस्ता सहयोगी संस्थाको पहल र सरकारको लगानीले स्वास्थ्य क्षेत्रमा पहिलेझै अप्ठ्यारो आगामी दिनमा नपर्ने विश्वास व्यक्त गरे ।

संस्थाका अध्यक्ष रोशन कंडेलले फाउन्डेसनले पहिले शैक्षिक संस्था भएपनि २०७२ सालको भुकम्प पश्चात् स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गर्दै आएको बताए । उनले लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वकीय सचिव माधव सापकोटाको पहलमा उक्त कन्सन्ट्रेटर हस्तान्तरण गरेको बताए । उनले आउँदा दिनमा पनि आवश्यक परे संस्थाले सहयोग गर्ने बताए ।

कञ्चन गाउँपालीका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतमले दातृ संस्थाहरुले सहयोग गरेका स्वास्थ्य सुरक्षाका सामाग्रीक‍ो सही सदुपयोग गर्ने बताए । सो हस्तान्तरण कार्यक्रममा कञ्चन गाउँपालिका उपप्रमुख गोमा तरामु, लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वकीय सचिव माधव सापकोटा, मेचीमहाकाली बुहारी संयुक्त आवाजकी लुम्बिनी प्रदेश संयोजक लता खड्का लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra