शुक्रबार, साउन ११, २०८१ Friday 26th of July 2024

“नि:शुल्क रक्तदान सेवा प्रभावकारी हुन्छ” – मन्त्री श्रेष्ठ

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : शनिबार, असार १९, २०७८


“नि:शुल्क रक्तदान सेवा प्रभावकारी हुन्छ” – मन्त्री श्रेष्ठ

१९ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले नि:शुल्क रक्ततदान सेवा प्रभावकारी हुने बताएका छन । “नि:शुल्क रक्तसञ्चार सेवा प्रदान, स्वस्थ लुम्बिनीको पहिचान” भन्ने मुल नारा सहित अभियान सञ्चालन गरी प्रदेशका सबै सरकारी स्वास्थ्य संस्थाहरूबाट रक्तसञ्चार सेवा निःशुल्क रुपमा प्रदान गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको बताउँदै मन्त्री श्रेष्ठले रक्तदानसंग सम्बन्धित स्वयंसेवी संस्थालाई सशक्त बताउनको लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । नेपाल नियमित रक्तदाता संघ रुपन्देहीको आयोजना तथा सुप्रिम बचत तथा ऋण सहकारीको प्रायोजनमा शनिबार बिहान रक्तसञ्चार केन्द्र बुटवलमा बोल्दै मन्त्री श्रेष्ठले रक्तदान अभियानमा सचेतना जगाउनु पर्ने बताए ।

नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका प्रमुख सल्लाहकार विमल बहादुर शाक्यले २०५४ सालमा बुटवल नगरपालिकाको प्रमुख भोजप्रसाद श्रेष्ठ रहेको र आफू उपप्रमुख हुँदा देखि नै मन्त्री श्रेष्ठ बुटवलको विकासको आधार स्तम्भ रहेको सम्झिदै जनताको हितमा काम गर्ने व्यक्तिलाई सबैले साथ दिनुपर्ने बताए । कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिबाट नेपाल नियमित रक्तदाता संञलाई सहयाेग गर्ने अध्यक्ष सूर्यबहादुर भट्टराईले बताए । कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनाल रक्तदाता संघका अध्यक्ष दया बहादुर सिलवाल, सहकारीका अध्यक्ष ओम प्रकाश गुरुङ, कानुनी सल्लाहकार दामोदर घिमिरे, महेश खनाल लगायतले आआफ्ना कुरा राखेका थिए ।

नेपाल नियमित रक्तदाता संघ रुपन्देहीलाई मन्त्री श्रेष्ठले व्यक्तिगत बीस हजार रूपैयाँ र सम्बद्ध गौतमबुद्ध फाउन्डेसन नेपालको तर्फबाट दस हजार रूपैयाँ गरि जम्मा तीस हजार रूपैयाँ सहयोग गर्ने बताए । साथै प्रमुख सल्लाहकार विमल बहादुर शाक्यज्यूले १० हजार दिने घाेषणा गरे । सहकारी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १६७ युनिट रगत संकलन भएको रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra