शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

महामारीजन्य रोग रोकथाम र नियन्त्रणबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : मङ्लबार, असार २२, २०७८


महामारीजन्य रोग रोकथाम र नियन्त्रणबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

२२ असार, बुटवल। गौतमबुद्ध फाउण्डेसन नेपाल बुटवलको आयोजनमा महामारी जन्य रोगथाम नियन्त्रण तथा निगरानीका लागि सरकोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम होटल मेरिगोल्ड बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोद कुमार गिरीले स्वास्थ्य महमारी नियन्त्रणको लागि पुर्व तयारी सरकारले गरिरहेको भन्दै स्वाथ्य क्षेत्रमा सामाजिक रुपमा सचेतना आवश्यक भएको बताए । कार्यक्रममा बोल्दै उनले स्वास्थ्य महामारी नियन्त्रणको लागि सामाजिक दुरी, भौतिक दुरी कायम गर्नुको साथै स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने कुरामा जोड दिए । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले लुम्बिनी प्रदेश सरकारले कोभिड रोकथाम, नियन्त्रण र उपचारका सन्दर्भमा मन्त्रालयको नेतृत्वमा भएका गतिविधि सम्बन्धि प्रगति प्रतिवेदन पेश गरे । बरिष्ठ वालरोग विशेषज्ञ डा. किरण पन्थीले संभावित तेस्रो चरणको कोरोना भाईरसको भेरियन्ट, बच्ने उपाय, वालवालिकाहरुको सुरक्षाको लागि उपनाउनुपर्ने मापदण्ड लगायतको विषयमा कार्यपत्र प्रस्तुत गरेका गरेका थिए । कार्यक्रममा गौतमबुद्ध फाउण्डेसनका कार्यवाहक अध्यक्ष डा. रोहितराज क्षेत्री, फाउडेसनका सचिव उमाकान्त बस्याल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra