शुक्रबार, साउन ११, २०८१ Friday 26th of July 2024

सरकारले भ्यक्सिनलाई पहिलो प्राथमिकतामा राखेको छ – मन्त्री श्रेष्ठ

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : बुधबार, असार २३, २०७८


सरकारले भ्यक्सिनलाई पहिलो प्राथमिकतामा राखेको छ – मन्त्री श्रेष्ठ

२३ असार, बुटवल। लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले कोरोनाबाट बच्न भ्याक्सिन र लकडाउन नै पहिलो उपाय रहेको बताएका छन । उनले भ्याक्सिन सम्बन्धि दायित्व सरकारको रहेको बताउँदै सरकारको पहिलो प्राथमिकतामा राखेको बताए । सरकारले सबै नागरिकलाई भ्यक्सिन लगाउने कुरा पहिलो प्राथमिकता राखेको र यसको लागि बजेट अभाव नभएको बताए ।

सोमबार नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशले बुटवलमा आयोजनामा महामारीजन्य रोगको रोकथाम, नियन्त्रण र उपचारमा सरोकारवालाहरूको भूमिका बिषयक अन्तरक्रियामा बोल्दै मन्त्री श्रेष्ठले नयाँ भेरियन्टलाई नियन्त्रण भित्र राख्नको लागि सरकार लागि परेको बताए । चिकित्कसहरुको अनुमान अनुसार तेस्रो भेरियन्टमा बालबालिकाहरु बढी प्रभावित हुने बताए अनुसार यसको उपचार र रोकथामका लागि बालबालिका अनुकुल एचडियु, पीआईसियु निर्माण लगायतको तयारी भईरहेको बताए ।
कार्यक्रममा बोल्दै श्रेष्ठले स्वास्थ्य महामारी नियन्त्रणको लागि भौतिक दुरी कायम गर्नुको साथै स्वास्थ्यका मापदण्ड पालना सधै भरी गर्नुपर्ने कुरामा जोड दिए ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद कुमार गिरिले प्रदेशको अहिलेको स्वास्थ्य अवस्थाको बारेमा बताउँदै ३ लाख पचास हजार नारिकले खोप लगाएको बताए । गिरीले रोजगारीका लागि नेपाल बाहिर गएका नेपालीहरु फर्कने क्रममा तेस्रो भेरियन्ट पनि भित्रिन सक्ने कुरालाई मध्यनजर गरी पूर्वतयारी भइरहेको बताए । उनले पहिलो पंक्तिमा प्रत्यक्ष खटेका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिएकोले मनोबल बढेको बताए ।

कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवालीले कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल औषधि व्यवसायी संघ रका निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले कर्मचारीको अकर्मण्यताका कारण स्वास्थ्य क्षेत्र सुधारमा खास पहल हुन नसकेको बताए । नेपाल औषधि व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठले अहिलेको प्रमुख आवश्यकता भनेको कोरोना बिरुवाको भ्याक्सिन रहेको बताए । कार्यक्रममा सामुदायिक अस्पताल एसोसिएसनका एजाज आलम, नेपाल चिकित्सक संघका डा. डी वि खत्री, रूपन्देही व्यापार संघका यमलाल लोहनी, रूपन्देही उद्योग संघका बाबुराम बोहरा, बुटवल उद्योग बाणिज्य संघका उज्ज्वल कसजु, निजी अस्पताल एसोसिएसनका गणेश ज्ञवाली, फार्मेसी एसोसिएसन लुम्बिनी प्रदेशका ध्रुवकुमार शर्मा, नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशका महासचिव लोकराज न्यौपाने लगायतले आ-आफ्ना संस्थाको प्रतिनिधित्व गर्दै विचार राखेका थिए

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra