बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

कपिलवस्तु भयो पूर्ण खोप घोषित जिल्ला

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : बुधबार, असार २३, २०७८


कपिलवस्तु भयो पूर्ण खोप घोषित जिल्ला

२३ असार कपिलवस्तु । कपिलवस्तु जिल्ला पूर्ण खोप घोषणा भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ र मन्त्रालयका सचिव तथा पूर्ण खोप समन्वय समिति लुम्बिनी प्रदेशका अध्यक्ष डा विकास देवकोटाले संयुक्त रूपमा घोषणा गरे ।

पूर्ण खोप घोषणा गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ हिजो भन्दा आज कपिलवस्तु जिल्ला विकासका हरेक सुचकाङ्कमा अगाडि बढ्दै गएकोमा सम्वद्ध सबैलाई धन्यवाद ज्ञापन गरे । सबैको सहयोगले पूर्ण खोप जिल्ला घोषणा हुन सकेको बताउँदै उनले निरन्तरताको लागि यस्तै गरि खट्न सम्बद्ध सबैलाई अनुरोध गरे । सरकारी तथा निजी क्षेत्रको सहयोगले स्वास्थ्य क्षेत्र बलियो बनाउन सकिने बताउँदै उनले भने ‘सर्वपक्षीय साझेदारीमा मात्र स्वास्थ्य क्षेत्र सुदृढ हुनेछ ।’ अहिले सबैको नजर कोरोनाको खोप प्रति रहेकोमा सरकारले छिट्टै उक्त खोप ल्याउने बताए । सरकारी अस्पतालमा उपचार गर्ने बिरामीलाई नि:शुल्क रगत पाउने व्यवस्थाको सुनिश्चितताका लागि आफू निरन्तर लागेको बताउँदै रगतका लागि कसैले खर्च गर्न नपर्ने बताए । कपिलवस्तु जिल्लाका प्रतिनिधि लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले पूर्ण खोप जिल्ला घोषणा गर्न सम्म खट्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै उनले भने- ‘पूर्ण खोप जिल्ला घोषणा हुँदा खुसी छौँ र निरन्तरताको लागि खट्नेछौं ।’ उनले खोपलाई दिगोपन दिनको लागि जनचेतना फैलाइरहनु पर्ने बताए ।

लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले पूर्ण खोप जिल्ला घोषणा गर्न सफल भएकोमा धन्यवाद ज्ञापन गरे । उनले आज सबै बालबालिकाले सबै खोप पाएका छन भन्नू भनेको भोलि पनि निरन्तरता दिन सक्छौं भन्ने पनि हो भन्दै घोषणा गर्नु मात्रै ठुलो होइन निरन्तरता दिन सबैलाई खट्न अनुरोध गरे । लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक डा विनोद कुमार गिरीले लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये बर्दिया र रूकुम जिल्ला मात्रै पूर्ण खोप जिल्ला घोषित हुन बाँकी रहेको बताए । उनले सचेतनाको कमि हुनाले समयमै कपिलवस्तु जिल्ला घोषित हुन ढिला भएको बताए । राजनीतिक दलको प्रतिनिधित्व गर्दै ने क पा एमालेका झविलाल पोख्रेलले यो अभियानमा खट्ने सबैलाई धन्यवाद दिए । स्थानीय निकायको प्रतिनिधित्व गर्दै बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारूले पूर्ण खोप जिल्ला घोषित भएकोमा खुसी व्यक्त गरे । जिल्ला खोप समन्वय समितिको तर्फबाट हेमराज पाण्डेले कपिलवस्तुमा पूर्ण खोप जिल्ला घोषणा गर्दा सम्मको विगत र बर्तमान बारे जानकारी दिए । कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष नारायण प्रसाद खनाल, जिल्ला खोप अधिकृत चिन्तामणी ज्ञवाली लगायतले आआफ्नो धारणा राखेका थिए ।

कपिलवस्तु जिल्ला लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये पूर्ण खोप जिल्ला घोषणा गर्ने १० औँ जिल्ला हो भने देशकै हिसाबले ६० औँ जिल्ला हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra