आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रले गर्‍यो सहयोगीलाई सम्मान

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : शुक्रबार, असार २५, २०७८


मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रले गर्‍यो सहयोगीलाई सम्मान

२५ असार, बुटवल लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले बिगतमा सरकारी बजेटको नगन्य प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याएको कारण यो क्षेत्र कमजोर भएको बताएका छन । उनले स्वास्थ्य क्षेत्रमा पछिल्लो समयमा धेरै पुर्वाधार निर्माण तथा आवस्यक स्वास्थ्यकर्मीको व्यवस्थापनको लागि तीनवटै तहका सरकारले बजेटमा वृद्धि गरेको बताएका छन । शुक्रबार मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र अस्थायी कोरोना अस्पतालमा सहयोगी दातालाई सम्मान कार्यक्रममा बोल्दै उनले आफू मन्त्री भएर आएपछि लुम्बिनी प्रदेशमा अक्सिजन प्लान्ट निर्माण, एचडियु बेड निर्माण लगायतका पुर्वाधार निर्माण गर्न ८८ करोड बजेट छुट्याइएको बताए । अहिले लुम्बिनी प्रदेशका १३ स्थानबाट पीसिआर परिक्षण भैरहेको बताए । अस्पताल केन्द्रित विकास अहिलेको आवस्यकता रहेको बताउँदै अस्पतालहरू मान्छे बचाउने थलो रहेको हुनाले सर्वपक्षीय सहयोग आवस्यक रहेको बताए । उनले कोरोनाको महामारी रहिरहेको बताउँदै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सबैलाई अनुरोध गरे । लुम्बिनी प्रदेश सभा सदस्य तुलसी चौधरीले कोरोनाको कोरोनाको यो महामारी खट्नेलाई धन्यवाद ज्ञापन गरे । त्यसैगरी लुम्बिनी प्रदेश सभा सदस्य पुष्पा थरूनीले अन्य भौतिक पुर्वाधार सुधार गर्नुभन्दा पहिल स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताइन ।

शुद्धोदन गाउँपालीका प्रमुख किसन चन्द्र चौधरीले मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पताल बनाउन लागिपरेको बताउँदै स्वास्थ्य मन्त्रालयबाट स्वीकृति नपाएकोमा गुनासो गरे । शुद्धोदन गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले कोरोना नियन्त्रणमा स्वास्थ्यकर्मी संगै आफुहरू रहेको र आगामी दिनमा पनि संगै रहेर खट्ने बताए । मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा कृष्ण कार्कीले सबै क्षेत्रको समन्वय र सहयोगले मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रभावकारी कोरोना विशेष सेवा दिन सफल भएको बताए । उनले स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ कामगर्न सक्ने वातावरण मिलाई दिएकोमा सम्बन्धित पक्षप्रति धन्यवाद ज्ञापन गरे । मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तथा तथा शुद्धोधन गाउँपालीकाका प्रवक्ता राजेन्द्र कडेलले अस्पतालको स्तर उन्नति गर्न तथा कोरोना नियन्त्रणमा सहयोग गर्नेप्रति धन्यवाद ज्ञापन गरे । कार्यक्रममा श्रीराम यादव, विष्णु बस्याल, नरबहादुर घर्ती, रमेश खनाल, हेमन्त थापा लगायतले आफ्ना भनाइ राखेका थिए ।

पतिको स्मृतिमा अस्पताललाई आर्थिक सहयोग

मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र अस्थायी कोरोना अस्पतालमा सहयोगी दातालाई सम्मान कार्यक्रममा कोरोनाको उपचार गर्दागर्दै स्वर्गीय भएका पति कमल प्रसाद ढकालको स्मृतिमा उनकि धर्क पत्नी दुर्गा ढकालले मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रको स्तर उन्नतिक‍ो लागि रू ५० हजार सहयोग गरीन साथै गोपाल प्रसाद घिमिरेले १ थान अक्सिजन सिलिन्डर र रू ५ हजार सहयो गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra