शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

लुम्बिनी सरकारले ४ कोरोना अस्पतालका कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : बुधबार, असार ३०, २०७८


लुम्बिनी सरकारले ४ कोरोना अस्पतालका कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले कोरोना विशेष ४ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशका चारवटा कोरोना अस्पतालमा कार्यरत स्थायी र करार कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठका अनुसार प्रदेशका कोरोना अस्पतालमा कार्यरत् चार सय बढी स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना नियन्त्रण तथा रोकथाम कोषबाट भत्ता प्रदान गरिनेछ । संघीय सरकारले पनि फ्रन्टलाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी लगायतलाई जोखिम भत्ता दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra