आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा ग्रामीण अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : बुधबार, असार ३०, २०७८


स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा ग्रामीण अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण

३० असार, बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले ग्रामीण अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरेका छन् । बुधबार बुटवलमा आयोजित अल्ट्रासाउन्ड मेसिनको अभिमुखिकरण तालिमको समापन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले प्रविधिको प्रयोग गरेर ग्रामीण क्षेत्रका गर्भवती महिलाको स्वास्थ्य परिक्षण र परिक्षणको आधारमा उपचार प्रभावकारी हुने विश्वास व्यक्त गरे । मन्त्री श्रेष्ठले ग्रामीण क्षेत्रमा गर्भवती, सुत्केरी आमा र नवजात शिशुको मृत्यु कम गर्न र स्वास्थ्य सुरक्षाको बारेमा जानकारी लिन सजिलो हुने सरकारको उदेश्य अब पूरा हुने विश्वास व्यक्त गरे । यो अल्ट्रासाउन्ड मेसिन झेलामा बोकेर हिड्न मिल्ने भएपनि मेसिन चलाउन सक्ने कर्मचारी सरूवा हुँदैमा प्रोटेवल अल्ट्रासाउन्ड मेसिन सरूवा नहुने बताउँदै प्राविधिक कर्मचारीलाई कम्तिमा १ वर्ष सरूवा हुने इच्छा नराख्न अनुरोध गरे ।

अल्ट्रासाउन्ड मेसिन चलाउँदै मदनपोखरा स्वास्थ्य चौकी पाल्पाकी गिता अर्याल

लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य तालिम केन्द्रका निर्दशक महेश्वर श्रेष्ठले ग्रामीण क्षेत्रमा रहेका महिलाको गर्भमा के समस्या छ, समयमै थाहा पाउन सजिलो होस भन्ने हेतुले यो अल्ट्रासाउन्ड मेसिनको २१ दिन अभिमुखिकरण पश्चात् हस्तान्तरण गरिएको बताए । अल्ट्रासाउन्ड (भिडियो एक्सरे) मेसिनको अन्य बिरामीको परिक्षण गरेर दुरुपयोग नगर्न प्रशिक्षार्थीलाई अनुरोध गर्दै श्रेष्ठले तालिममा सिकेका कुरा प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुरोध गरे ।

मन्त्रीको साथमा सहभागीहरू

प्रशिक्षकको तर्फ बाट सुशील मानन्धरले प्रशिक्षणका क्रममा सिकेका कुरा पुनरावृत्ति गर्नुपरेमा सधै सहयोग गर्ने बताए । सहभागीको तर्फबाट प्युठानको ओखरकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रशिक्षण लिन आएकि बिजुला जि सी ले गर्भवती महिलालाई लक्षित गरेर गरिएको कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको बताउँदै उनले हिजो छामेर आमाको पेट र बच्चाको स्वास्थ्य अवस्था थाहा पाउँथ्यौ भने अब चित्रमा हेरेर अवस्था बुझ्न र उपचार गर्न सहज हुने बताइन ।

अभिमुखिकरणमा लुम्बिनी प्रदेशका हरेक जिल्लाका विशेषगरी विकट ठाउँका अस्पतालहरु, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकिमा कार्यरत २१ जना नर्सहरु सहभागी थिए । १ करोड ७२ हजार मुल्य बराबरको २१ वटा प्रोटेवल अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra