बुधबार, साउन ९, २०८१ Wednesday 24th of July 2024

सिटी अस्पतालले लुम्बिनी प्रेस क्लव सम्बद्ध पत्रकारको उपचारमा भारी छुट दिने

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : आइतवार, साउन १०, २०७८


सिटी अस्पतालले लुम्बिनी प्रेस क्लव सम्बद्ध पत्रकारको उपचारमा भारी छुट दिने

भैरहवा, साउन १० । सिद्धार्थनगर सिटि अस्पतालले पत्रकारहरुलाई उपचारमा सहुलियत दिने भएकाे छ । अस्पताल प्रशासन र लुम्बिनी प्रेस क्लबबिच आइतबार भएकाे एक सम्झाैता अनुसार उक्त अस्पतालमा उपचार गराउदा पत्रकारहरुलाई विभिन्न सेवामा निश्चित छुटकाे व्यवस्था गरिएकाे अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पाैडेलले बताए ।

स्वास्थ चेकजाच र उपचारमा दिने सहुलियतकाेलागि लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के सी र अस्पतालका प्रबन्ध निर्देशक पाैडेलले हस्ताक्षर गरि सम्झाैता गरेका थिए । अस्पतालले क्लबमा आबद्ध पत्रकारहरुलाई ओपीडीमा ५०, ओपीडी फार्मेसीमा ५ र ओपीडी तथा आईपीडी इन्भेस्टिकेसनमा २५ प्रतिशत छुट दिने सम्झौता भएको अध्यक्ष केसीले बताए ।

यसैगरी एक्सरे, यूएसजीमा २५, सिटी स्क्यानमा १०, फिजियोथेरापीमा २५, शल्याक्रियामा ५–१०, बेड चार्जमा खानासहित २५ र क्याविन बेड चार्जमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

भैरहवाकाे लुम्बिनी राेडमा रहेकाे उक्त अस्पताल केही महिना अगाडि सुविधासम्पन्न आधुनिक भवनबाट सेवा बिस्तार गरिरहेकाे छ । मृगाैला राेगकाे उपचारमा लुम्बिनी प्रदेशमै प्रभावकारि सेवा दिदै आएकाे उक्त अस्पतालमा यतिबेला हाडजाेर्नि र नशा राेगकाे पनि विशेष उपचार हुँदै आएकाे छ । स्वास्थ्य क्षेत्रका सबै उपचार सेवा सन्चालन गरेकाे उक्त अस्पतालले पत्रकारहरुलाई लक्षित गरिप्रदान गरेकाे सहुलियत प्याकेज महत्त्वपूर्ण रहेकाे प्रेस क्लबका महासचिव कमल रायमाझिले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra