आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

बुटवलमा सुआहाराद्वारा मास्क सचेतना कार्यक्रम

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : सोमवार, साउन २५, २०७८


बुटवलमा सुआहाराद्वारा मास्क सचेतना कार्यक्रम

२५, साउन बुटवल । अन्तर्राष्ट्रिय सहयोगी संस्था युएसएआईडी द्वारा सञ्चालित कार्यक्रम सुआहाराले नेपाल सरकाले घोषणा गरेको साप्ताहिक मास्क प्रवर्द्धन अभियानलाई थप सहयोग पुराउने उदेश्यले आज बुटवलमा कार्यक्रमका ३० कर्मचारीको सक्रिय सहभागितामा मास्क प्रवर्द्धन अभियान संचालन गरिएको छ । ‘के तपाईंले सही तरिकाले मास्क लगाइरहनु भएको छ ?’ भन्ने लेखिएको ब्यानर र मास्क प्रवर्द्धन गर्ने सम्बन्धि विभिन्न संचार सामग्री समेत वितरण गरेको छ । बाटोमा मास्क नलगाई हिड्ने लाई मास्क वितरण, मास्क लगाए पनि सहि तरिकाले नलगाएकालाई लगाउन सिकाउँदै, मास्क के हो ? मास्क किन लगाउने ? मास्क नलगाउँदा के हुन्छ ? भन्ने बारे जानकारी दिदै,सचेत र सुरक्षित रहन अनुरोध गर्दै बुटवलको गोलपार्क देखि सुरू गरेर ट्राफिक चोक- अस्पताल लाईन – अमरपथ – हुँदै पुन गोलपार्क फर्किएको छ ।

सो अभियानमा आज करीब २५०० थान मास्क वितरण गरिएको सुआहारा कार्यक्रमका लुम्बिनी प्रदेश संयोजक भरत शर्माले बताए । उनले भने -‘म पनि मास्क लगाउँछु र अरुलाई पनि सहि तरिकाले मास्क लगाउन प्रेरित गर्छु, भन्ने चिन्तन सबैमा हुनुपर्छ ।’ सुआहरा कार्यक्रम मार्फत मास्क अभियानलाई सहर देखि गाउँ सम्म पुर्‍याउने लक्ष्य लिएको शर्माले बताए । सुआहरा कार्यक्रमले बिगत देखि नै कोरोन बिरुद्ध जोखिम न्यूनीकरण, स्वास्थ्य सुरक्षाका कार्यक्रमहरू लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका साथै नेपालका ४२ जिल्ला सञ्चालन गर्दै आएको छ ।


सुआहारा युएसएआईडीको एक कार्यक्रम हो । जुन विभिन्न बहु-क्षेत्रीय, राष्ट्रिय तथा स्थानीय सरकारी एजेन्सीहरूको माध्यमबाट काम गर्दछ र कामकाजी र मातृत्व पोषण अवस्थाबारे काम गर्नुका साथै यस कार्यक्रमले कृषि, स्वच्छता र स्वास्थ्य सेवाका क्षेत्रमा पनि काम गर्छ । सुआहारा सामाजिक व्यवहार परिवर्तनका क्षेत्रहरूमा पनि कार्य गर्दछ र सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दछ, जसले व्यक्तिहरूको व्यवहार, पारिवार तथा समाजलाई समग्र रूपमा परिवर्तन गर्ने उदेश्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra