शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

जीवराज आश्रीत फाउन्डेसनद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : मङ्लबार, साउन २६, २०७८


जीवराज आश्रीत फाउन्डेसनद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

२६ साउन, बुटवल
जीवराज आश्रीत फाउन्डेसनले लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पताल लाई मंगलबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले सहयोगी संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै अस्पतालले प्राप्त गरेका सामाग्रीको ठिक तरिकाले प्रयोग गर्न अनुरोध गरे । हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भने – ‘ कोभिडको तेस्रो भेरियन्टसंग जुध्न प्राप्त सामाग्रीले थप शक्ति प्रदान गर्नेछ, धेरै महत्त्वपूर्ण सामाग्री रहेको हुँदा, अस्पतालको स्तर वृद्धि गर्न सहयोगी बन्ने छ ।’

आफ्नो भनाइ राख्दै मन्त्री भोजप्रसाद श्रेष्ठ

जीवराज आश्रीत फाउन्डेसनका अध्यक्ष डा सागर न्यौपानेले आश्रीतको जीवनभरका योगदान तथा कर्महरुको बारेमा बताउने, प्रवर्द्धन गर्ने, शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्दै युवालाई प्रोत्साहित गर्ने संस्थाको उदेश्य रहेको बताए । उनले सारकारको उपर्युक्त नीति नहुँदा, कर्मचारीको ढिलासुस्ती हुँदा विदेशबाट सहयोगमा आएका सामाग्री ल्याउन धेरै अप्ठ्यारो परेको बताए ।

आफ्नो भनाइ राख्दै डा सागर न्यौपाने

स्वास्थ्य सामाग्री ग्रहण गर्दै लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सुर्य बहादुर भट्टराईले कोभिड १९ को लडाईमा सहयोग गर्ने फाउन्डेसनप्रति धन्यवाद ज्ञापन गरे । उनले मन्त्री श्रेष्ठको ‘नि:शुल्क रक्त सेवा प्रदान: स्वस्थ्य लुम्बिनीको पहिचान’ लक्ष पुरागर्ने हेतुले रूपन्देही व्यापार संघसंग मंगलबार नै संझौता गरेर अगाडि बढेको बताए । सोही कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले सहयोग गर्ने फाउन्डेसन जस्ता संस्थाको योगदान उल्लेख्य रहेको बताए ।

आफ्नो भनाइ राख्दै डा राजेन्द्र खनाल

भैरहवा स्थित भीम अस्पतालमा हस्तान्तरण कार्यक्रममा बोल्दै मेडिकल सुपरिटेन्डेन्ट डा. सकुन्तला गुप्ताले फाउन्डेसनको सहयोगले कोभिडको तेस्रो भेरियन्टसंग जुध्न अस्पताललाई थप शक्ति प्राप्त भएको बताईन । सोही कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष एकराज विश्वकर्माले विभिन्न सहयोगी हातको साथले अस्पतालक‍ो विकास हुने बताए । उनले प्राप्त सामाग्रीको सहि रुपमा सञ्चालन गर्न अनुरोध गरे ।

आफ्नो भनाइ राख्दै डा सकुन्तला गुप्ता

फाउन्डेसनले पीएपी युनिट, हाइफ्लोनोजल क्यानोला, पिपिई, पल्स अक्सिमिटर, स्तरीय मास्क लगायतका करिब १ करोड मुल्य बराबरको स्वास्थ्य सामाग्री बितरण गर्दैछ । चिनको परोपकार संस्था चच्यागं आनफु लीसंघको सहयोगमा फाउन्डेसन मार्फत सो सामाग्री हस्तान्तरण गरिएको हो । कोभिड लगायतका विपत व्यवस्थापन र रोकथामको लागि, लुम्बिनी प्रदेशका विभिन्न स्वास्थ्य संस्था, प्रादेशिक तथा जिल्ला अस्पतालहरु, विभिन्न स्थानीय तहहरू र सुरक्षा निकायहरूलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरिने कार्यक्रम रहेको डा न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra