बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

दोस्रो लहर सुरु भएपछिकै कम संक्रमित भेटिए

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : आइतवार, भदौ १३, २०७८


दोस्रो लहर सुरु भएपछिकै कम संक्रमित भेटिए

काठमाडौं-  नेपालमा कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि हालसम्मकै कम संक्रमित भेटिएका छन्।

गत २४ घण्टामा १ हजार ३ सय ८८ कोरोना संक्रमित भेटिए। जुन दोस्रो लहर सुरु भएयता सबैभन्दा कम संक्रमित संख्या भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ७ हजार २५९ पीसीआर र ३ हजार ३८ एन्टीजेन परीक्षणका क्रममा १ हजार ३८८ संक्रमित भेटिएका हुन्।

मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले दोस्रो लहर सुरु भएपछि आइतबार भेटिएको संक्रमित सबैभन्दा थोरै रहेको बताए। यद्यपि यो संख्यालाई घटेको भन्न नमिल्ने उनको भनाई छ। नेपालमा अझै पनि संक्रमणदर १३ प्रतिशत रहेको उनले बताए।

उनले भने, ‘दोस्रो लहर सुरु भएपछि आज भेटिएको संक्रमित संख्या सबैभन्दा कम हो। तर कोरोना घटिसकेको भन्न मिल्दैन। जोखिम अझै पनि कायमै छ।’

यसअघि १२ गते १ हजार ८५७, ११ गते २ हजार ६५, १० गते २ हजार ४३३, ९ गते २ हजार ४८२, ८ गते २ हजार ५२५, ७ गते १ हजार ८०१, ६ गते १ हजार ९२० संक्रमित भेटिएका थिए। नेपालमा यही वैशाखबाट कोरोना संक्रमितको संख्या बढ्न थालेको सुरु गरको थियो।

सरकारले नेपालमा तेस्रो लहर सुरु भइनसकेको बताएपनि विज्ञहरुले भने तेस्रो लहर सुरु भइसकेको बताएका छन्। तेस्रो लहरले कति भयावह हुन सक्ने भन्ने विषयमा सहजै अनुमान लगाउन नसक्ने भएकाले व्यवस्थापनको तयारीमा लाग्न उनीहरुको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra