शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

बुटवलमा सुआहराको वार्षिक समिक्षा, योजना तर्जुमा तथा क्षमता अभिवृद्धि कार्यक्रम

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : मङ्लबार, भदौ २२, २०७८


बुटवलमा सुआहराको वार्षिक समिक्षा, योजना तर्जुमा तथा क्षमता अभिवृद्धि कार्यक्रम

२२, भदौ बुटवल । अन्तर्राष्ट्रिय सहयोगी संस्था युएसएआईडीद्वारा सञ्चालित कार्यक्रम सुआहाराले रूपन्देही जिल्लाको वार्षिक समिक्षा, योजना तर्जुमा तथा रूपन्देही सबै पालिकामा कार्यरत परिचालकहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय साझेदार संस्था सेतो गुराँस बाल बिकास सेवा रूपन्देहीको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

स्थानीय तह / समुदायमा काम गर्ने परिचालकको क्षमता वृद्धि कसरी गर्ने, कार्यक्रम सम्बन्धि योजनाहरूको तर्जुमा कसरी गर्ने, स्थानीय सरकार तथा सरोकारवाला संग कसरी सम्पर्क समन्वयन गर्ने, संस्थाका उदेश्य तथा लक्ष्यप्राप्तिको लागि कसरी कार्यसम्पादन गर्ने, कोरोना भाइसरको प्रतिकुल परिस्थितिमा कार्यसम्पादन कसरी गर्ने, स्वास्थ्य सचेतना तथा स्वास्थ सजकता कसरी अपनाउने भन्ने सम्बन्धमा सुआहाराका प्रदेश संयोजक भरत शर्मा, कृषि संयोजक अर्जुन श्रेष्ठ, वास संयोजक मंगल दुवाल, पोषण अधिकृत दुर्गा राना, प्राविधिक संयोजक रक्षा गिरी, सेतो गुराँस बाल बिकास सेवाका फिल्ड संयोजक मिनु पुन लगायतले सहजिकरण गरेका थिए । संस्थागत नीति नियम, आचारसंहिता, सुशासन लगायतको बारेमा सेतो गुराँस बाल बिकास सेवा रूपन्देहीकि कार्यकारी निर्देशक सुमित्रा शर्माले सहजीकरण गरेकि थिइन् ।

तीन दिन सम्म सञ्चालन भएको कार्यक्रम मंगलबार सम्पन्न भएको हो । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर केही समय पहिले पहिलो चरण र दोस्रो चरण गरि ५२ जना परिचालकहरूको सक्रिय सहभागी रहेको सुआहाराका प्रदेश संयोजक भरत शर्माले बताए ।

समापन कार्यक्रममा परिचालकको तर्फबाट कोटहिमाई गाउँपालिकाका अनुप वर्माले कार्यक्रम अत्यन्तै फलदायी भएको, संस्थाको नीति नियमको अधिनमा रहेर आफ्नो कार्यक्षेत्रमा कसरी परिचालित हुने भन्ने बारे धेरै कुरा सिक्ने अवसर पाएको बताए । सहजकर्ताको तर्फबाट गैडहवा गाउँपालिकाकी मिना कुमारी चौधरीले संस्थाको उदेश्य पूरा गर्न सबै खट्ने विश्वास व्यक्त गरिन् ।

सुआहाराले स्वास्थ्य सुरक्षाका कार्यक्रमहरू लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका साथै नेपालका ४२ जिल्ला सञ्चालन गर्दै आएको छ । सुआहारा युएसएआईडीको एक कार्यक्रम हो । जुन विभिन्न बहु-क्षेत्रीय, राष्ट्रिय तथा स्थानीय सरकारी एजेन्सीहरूको माध्यमबाट काम गर्दछ र कामकाजी र मातृत्व पोषण अवस्थाबारे काम गर्नुका साथै यस कार्यक्रमले कृषि, स्वच्छता र स्वास्थ्य सेवाका क्षेत्रमा पनि काम गर्छ । सुआहारा सामाजिक व्यवहार परिवर्तनका क्षेत्रहरूमा पनि कार्य गर्दछ र सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दछ, जसले व्यक्तिहरूको व्यवहार, पारिवार तथा समाजलाई समग्र रूपमा परिवर्तन गर्ने उदेश्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra