शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षामा ६५ % उत्तीर्ण

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : बिहिबार, भदौ २४, २०७८


स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षामा ६५ % उत्तीर्ण

काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषदले पहिलो पटक लिएको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६५ दशमलब ११ प्रतिशत उत्तीर्ण भएका छन्। परिषदले २१, २२ र २३ परीक्षा लिएको थियो।

परिषदले बुधबार राती प्रकाशित गरेको नतिजा अनुसार परीक्षामा २ हजार २० जना परीक्षार्थी सहभागी थिए। जसमध्ये १ हजार २९० जना उत्तीर्ण भएका छन्। परीक्षामा ३९ जना अनुपस्थित भएका थिए।

परिषदका अध्यक्ष डा मोहनकृष्ण श्रेष्ठका अनुसार स्नातककोत्तर तहमा ३९ जनाले परीक्षा दिएकोमा २० जना ( ५८.८२ प्रतिशत) उत्तीर्ण भएका थिए। स्नातक तहमा २०३ जना सहभागी भएकामा १३३ जना ( ६७.१७ प्रतिशत) र प्रमाणपत्र तहमा कुल १ हजार ७७८ जना सहभागी भएकोमा १ हजार १३७ जना (६५ प्रतिशत) उत्तीर्ण भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra