आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

जोर्नीको दुखाइमा व्यायामका यस्ता फाइदा

  • प्रकाशित मिति : शुक्रबार, अशोज १, २०७८


जोर्नीको दुखाइमा व्यायामका यस्ता फाइदा

नियमित व्यायामले गोलीगाँठा, घुँडा, हिप, काँध र गर्धनको दुखाइ घटाउन सघाउँछ।

जोर्नीको दुखाइले नियमित दिनचर्या नै प्रभावित हुन्छ र हामी फूलबारी स्याहार्ने, फुटबल खेल्ने, जगिङ गर्ने जस्ता ससाना कुराको आनन्द लिनबाट वञ्चित हुन्छौं। कहिलेकाहीँ त स्थिति यति धेरै खराब हुन्छ कि हामीलाई सिँढी उक्लन/उत्रिन, टुक्रुक्क बस्न वा कार/ट्याक्सीभित्र पस्न समेत कठिन हुन्छ।

गोलीगाँठा, घुँडा, हिप र काँधका जोर्नीको दुखाइबाट मुक्त नभए पनि दीर्घकालीन रुपमा न्यून गर्न र दैनिक जीवनयापन सहज पार्न  उपयुक्त व्यायाम गर्नु राम्रो उपाय हो। व्यायाम गर्दा जोर्नीको दुखाइ बढेजस्तो लागे पनि यथार्थमा घटिरहेको हुन्छ।

– उपयुक्त व्यायामले जोर्नी वरिपरिका टिस्यु र मांसपेशीलाई बलियो पार्नुका साथै लचकता बढाउँछ। उदाहणका लागि तिघ्राको मांसपेशी बलियो भए घुँडालाई भरथेग गर्छ र घुँडामा पर्ने दबाब पनि केही मात्रामा कम हुन्छ।

– व्यायामले जोर्नीको कडापन घटाउँछ वा अररो जोर्नीलाई लचकदार बनाउँछ। कडापनले जोर्नी दुख्छ। हाम्रो शरीर गतिशील हुनुपर्छ, किनभने बनावट नै त्यस्तै छ। व्यायाम नगर्दा ‘टेन्डन’, मांसपेशी र लिगामेन्ट छिट्टै जाम हुन्छन्। तर, व्यायाम र शारीरिक सक्रियताले कडापन हटाउँछ र शरीर क्रियाशील हुन्छ।

– व्यायामले जोर्नीमा हुने ‘लुब्रिकेन्ट’ (सिनोभियल फ्लुइड) को उत्पादन वृद्धि गर्न सघाउँछ। सिनोभियल फ्लुइडले जोर्नीमा पोषण र अक्सिजन लैजानुका साथै जोर्नी गतिशील हुँदा घर्षण हुन दिँदैन। त्यसैले व्यायामले हाम्रा जोर्नीलाई सुरक्षित पार्ने काम पनि गर्छ।

– व्यायामले शरीरमा रहेको दुखाइ कम गर्ने प्राकृतिक तत्वहरूको उत्पादन बढाउन पनि मद्दत गर्छ। व्यायाम नगर्दा शरीर सानातिना दुखाइमा पनि बढी संवेदनशील हुन्छ। व्यायाम गरेको शरीरले सानातिना दुखाइको बेवास्ता गर्छ अर्थात् शरीरलाई यस्ता दुखाइबाट बचाउने प्राकृतिक क्षमता विकास गराउँछ।

– व्यायामले शरीरको वजन नियन्त्रण गर्न सघाउँछ। शारीरिक वजन नियन्त्रित भए शरीरको भार थेग्नुपर्ने हिप, घुँडा र गोलीगाँठाजस्ता जोर्नीमा पनि दबाब कम पर्छ।

तर कस्ता व्यायाम गर्ने भन्नेबारे भने फिजियोथेरापिस्ट वा व्यायाम प्रशिक्षकसँग जानकारी लिएर मात्र गर्नु उपयुक्त हुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra