शनिबार, चैत्र ८, २०८१ Saturday 22nd of March 2025

विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने

  • प्रकाशित मिति : मङ्लबार, अशोज १२, २०७८


विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने

१२ असोज, काठमाडौं । विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमै प्रयोगात्मक अभ्यास (इन्टर्नसिप)गर्न पाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै विदेशमा अध्ययन गरी कोभिड–१९ का कारण प्रयोगात्मक अभ्यास पूरा नगरेका विद्यार्थीहरुले नेपालमै प्रयोगात्मक अभ्यास पूरा गर्न पाउने जनाएको हो ।

विदेशी विश्वविद्यालयमा अध्ययन गरेका तर महामारीका कारण इन्टर्नसिप गर्न जान नपाएका विद्यार्थीको विषयमा कार्यविधिबारे सुझाव दिन गठित कार्यदलको असोज ६ गतेको सिफारिस अनुसार आवश्यक प्रक्रिया पूरा गरेर इन्टर्नसिप गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

चिकित्सा शिक्षा आयोग तथा सम्बन्धित निकायहरुबाट मन्त्रालयमार्फत आवश्यक विवरण संकलन गर्ने भनी सिफारिस प्राप्त भए अनुसार विदेशमा चिकित्सा शिक्षा अध्ययनरत् तर कोभिड–१९ का कारण प्रयोगात्मक अभ्यास पूरा नभएका इच्छुक विद्यार्थीलाई अनलाइन आवेदन दिन पनि मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra