शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

स्वास्थ्यमन्त्रीमा खतिवडा नियुक्त

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : शुक्रबार, अशोज २२, २०७८


स्वास्थ्यमन्त्रीमा खतिवडा नियुक्त

२३ असोज, काठमाडौं। संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा भएका छन् । शीतलनिवासमा सपथ लिएपछि मन्त्रिपरिषद बैठकमा सहभागी भएका खतिवडाले शुक्रबार साँझ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।

उनले पदभार ग्रहणका क्रममा उनले कोभिड नियन्त्रणका लागि काम गर्ने बताएका छन्। उनले नेपाललाई कोभिडमुक्त बनाउने काममा आफ्नो ध्यान केन्द्रित हुने जानकारी दिए।

गठबन्धन सरकारले सार्वजनिक गरेको साझा कार्यक्रम अनुसार काम अगाडि बढाउने कुरामा पनि आफूले प्राथमिकता दिने उनले बताए।

‘जनतामा विश्वास जाग्ने गरी काम गर्ने छौं। प्रधानमन्त्रीले कोभिड नियन्त्रणका लागि सार्वजनिक गरेको प्रतिवद्धता अनुसार काम अगाडि बढ्छ। हामी कोभिड नियन्त्रण र रोकथाममा लाग्ने छौं। नेपाललाई कोभिडमुक्त बनाउन ध्यान केन्द्रित गर्नेछौं,’ उनले भने।

उनले अनियमितता र भ्रष्टाचार नियन्त्रणमा पनि केन्द्रित रहेर काम गर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra