शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

ट्रयालका लागि एक लाख डोज फाइजर खोप नेपाल आइपुग्यो

  • प्रकाशित मिति : सोमवार, कार्तिक ८, २०७८


ट्रयालका लागि एक लाख डोज फाइजर खोप नेपाल आइपुग्यो

८ कार्तिक काठमाडौं । गाभीले उपलब्ध गराउने भनेको कोरोना विरुद्धको फाइजर खोप आज नेपाल आइपुगेको छ । कतार एयरवेजबाट बिहान एक लाख ६२० डोज खोप नेपाल आइपुगेको हो। उक्त खोप नेपालमा ट्रयालको रुपमा प्रयोग गरिने बताइएको छ।

माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप गाभीले अनुदानमा उपलब्ध गराएको हो। उक्त खोप कुन समूहलाई दिने भन्ने विषय छलफल भइरहेको बताइएको छ। फाइजरको खोपको गाइडलाइन बनाउने कार्य समेत भइसकेकाे छ। नेपालमा माइनस तापक्रममा खोप भण्डारण गर्ने भौतिक पूर्वाधार नभएकाले युनिसेफले १०० लिटर क्षमताको ४ वटा फ्रिजर उपलब्ध गराइसकेको छ। उक्त खोप भण्डारणका लागि समेत व्यवस्थापन महाशाखाले भौतिक पूर्वाधार निर्माण भइरहेको जनाएको छ।

फाइजर खोपलाई कात्तिक २८ गतेपछि लगाउने योजना बनाइएको छ । सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज फाइजर खरिद सम्झौता समेत गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra