१० कार्तिक रूपन्देही । पाल्पाको माथागढी गाउँपालिका-१ चिदीपानीकी २४ वर्षीया सीता सार्कीले चम्ल्याहा शिशुको जन्म दिएकी छन । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा कात्तिक ६ गते अस्पताल भर्ना गरिएकी उनले ९ गते दिउँसो दुई बजे ४ छोरीलाई जन्म दिएको अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए ।
अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तारा केसीको नेतृत्वको टोलीले शल्यक्रिया मार्फत सुत्केरी गराइएको हो । पहिलो शिशुको तौल ११ सय ग्राम, दोस्रोको ११ सय १५ ग्राम, तेस्रोको १ हजार ६० ग्राम र चौथोको ११ सय ३० ग्राम रहेको छ । हाल आमा सामान्य वार्डमा र शिशुहरूलाई एनआईसीयूमा राखिएको छ। शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको गुरुङले बताए ।