शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को प्रदेश इकाई कार्यालय बुटवलमा

  • प्रकाशित मिति : सोमवार, पुस ५, २०७८


नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को प्रदेश इकाई कार्यालय बुटवलमा

 

५ पुस, बुटवल । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लुम्बिनी प्रदेश इकाई कार्यालय बुटवलमा स्थपना गरिदैछ ।

परिषद्ले गर्ने स्वास्थ्य अनुसन्धानका कामलाई सरल बनाउनको लागि सातवटै प्रदेशमा कार्यालय स्थापना गर्ने योजना अनुसार बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा इकाई कार्यालय स्थापना गरिएको हो ।
सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी परिषदका कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले अन्तर्राष्ट्रिय मापदण्डमा स्वतन्त्र अनुसन्धानको काम गर्दै आएको परिषदले सातै प्रदेशमा कार्यालय स्थापना गर्ने क्रममा बुटवलमा इकाइ कार्यालय स्थापना गरिएको जानकारी गराए । उनले छिट्टै विशेष कार्यक्रमको आयोजना गरि सो कार्यालयको उद्घाटन गरिने बताए ।

कार्यालयले संघीय सरकारको प्रामिकतालाई प्रदेश सरकारको प्राथमिकतासंग जोड्ने गरी काम गर्ने र पहिचान गरिएका अनुसन्धानका प्राथमिकता क्षेत्र तोकेर काम गर्ने बताए । परिषदले कोरोना महामारीसंग सम्बन्धित ‘एण्टीबडी स्टडी’लाई प्राथमिकतामा राखेको ज्ञवालीले बताए ।

स्वास्थ्य तथा मानव अंगसम्बन्धी अनुसन्धान गर्दा परिषद्को अनिवार्य स्वीकृति लिएर मात्रै गर्नुपर्ने कानुनी प्रावधान रहेको उनले बताए ।

परिषदले लुम्बिनी प्रदेशमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालयको जग्गा प्राप्तिको प्रक्रियामा रहेको र त्यसको प्रक्रिया पूरा भएपछि शाखा कार्यालय उद्घाटन गर्ने कार्यकारी निर्देशक डा. ज्ञवालीले बताए ।

बुटवल इकाइ कार्यालयमा परिषदले २ जना अनुसन्धान अधिकृतहरु विजयकान्ति शाक्य र उपमा घिमिरे खटाएको छ । उता प्रदेश २ मा कार्यालय उद्घाटन भैसके छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra