बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

न्युनतम सेवा मापदण्डमा लुम्बिनी प्रादेशिक अस्पताल पहिलो

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : सोमवार, पुस १२, २०७८


न्युनतम सेवा मापदण्डमा लुम्बिनी प्रादेशिक अस्पताल पहिलो

१२ पुस, बुटवल । न्युनतम सेवा मापदण्डमा लुम्बिनी प्रादेशिक अस्पताल देशमै पहिलो भएको छ । सोमबार लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयकाे आयाेजनामा सरोकारवाला उपस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सम्पन्न कार्यक्रममा सो बारे जानकारी दिइएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले साबिक रहेको ४९ % बाट बढाएर ७४% पुर्‍याउन सफल भएकाे हो । नेपालमा रहेका Secondary B Level का अस्पतालहरु मध्ये उत्कृट हुन सफल भएकाे हो ।

पहिलो भएकोबारे जानकारी तथा धन्यवाद ज्ञापन कार्यक्रममा कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण, लुम्बिनी प्रादेश मन्त्रालयका सचिव डा विकास देवकाेटा, स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनाेद कुमार गिरी लगायतले पहिलो भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे । कार्यक्रम लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकाल, अस्पताल बिकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराई, अस्पतालकि नर्सिङ प्रमुख ज्योति पौडेल लगायत बोल्दै सबैको अथक मेहनतले सफल भएको र आगामी दिनमा अस्पतालको स्तर वृद्धि गर्न थप लागिपर्ने बताए । कार्यक्रम डा श्रीराम तिवारीले प्रस्तुतिकरण गरेका थिए ।

अस्पतालमा जेष्ठ नागरिक निशुल्क ऊपचार सेवा, स्वास्थ्य विमा कार्यक्रम ,असहाय र गरिवकाे लागी निशुल्क उपचार सेवा,सिटी स्क्यान, कोभिड ल्याब, डायलासिस सेवा, आईसियु, एनआईसियु, भेन्टिलेटर, सुव्यवस्थित क्याबिन वार्ड, सुपर स्पेसल न्युरोलोजी/युरोलोजी/नेर्फोलोजी/ फोरेन्सिक विशेषज्ञ सेवा लगायताका सेवाहरु उपलब्ध छन् भने छिट्टै एमआरआई र मुटुराेगिकाेलागि क्याथल्याब लगायत सेवा छि्टै थिपिदै छन् ।

सुर्खेत प्रादेशिक अस्पताल, जनकपुर प्रादेशिक अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पताल बि तहका अस्पताल हुन । भने Secondary A Level का ३५ वटा अस्पताल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra