२२ माघ बुटवल ।
हरेक वर्ष मनाउँदै आइएको विश्व क्यान्सर दिवस शुक्रबार बुटवल नयाँ बसपार्क परिसरमा सवारी चालक, सहचालक, सवारीधनी तथा यात्रुको मुख स्वास्थ्य परीक्षण गरी सम्पन्न गरिएको छ ।
आधुनिक समाज डेन्टल केयर प्रा लि बुटवलको नि:शुल्क प्राविधिक सहयोगमा मुख स्वास्थ परीक्षण शिविर तथा लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय सो अन्तर्गत स्वास्थ्य निर्देसनालय लुम्बिनी प्रदेशको आयोजनामा शिविर राखिएको थियो ।
सो शिविरमा १५० जनाको परीक्षण गरिएको थियो । दक्षिणपूर्वी एसियामा खासगरी मुख क्यान्सरको समस्या व्यापक रुपमा देखिएको पाइन्छ ।