शुक्रबार, चैत्र १६, २०८० Friday 29th of March 2024

‘विश्व मुख स्वास्थ्य’ दिवसको अवसरमा बुटवलमा सचेतना र्‍यालीसहित स्वास्थ शिविर

  • प्रकाशित मिति : आइतवार, चैत्र ६, २०७८


‘विश्व मुख स्वास्थ्य’ दिवसको अवसरमा बुटवलमा सचेतना र्‍यालीसहित स्वास्थ शिविर

६ चैत, बुटवल । विश्व मुख स्वस्थ्य दिवसको अवसरमा बृहत जनचेतनामूलक प्रभातफेरि तथा मुख स्वस्थ्य परीक्षण सम्पन्न भएको छ । लुम्बिनी प्रदेश स्वस्थ्य निर्देशनालयको सहयोग तथा आधुनिक समाज डेन्टल केयर प्रालीको आयोजनामा बुटवलमा र्‍यालीसहित मुख स्वस्थ्य सचेतना कार्यक्रम गरिएको हो । आइतबार बिहान बुटवलको मिलनचोकबाट शुरु भएको प्रभातफेरि महेन्द्रपार्क, अमरपथ, हाटबजार हुँदै जेसिज चोकमा पुगेर स्वास्थ शिविरमा परिणत भएको थियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले यो कार्यक्रमले स्वस्थ्यकर्मीहरु सचेत छन् भन्ने बुझाउनुको अलवा सबै मान्छेलाई मुख स्वास्थ्यको महत्त्व बारे सचेतना गराउन महत्वपूर्ण रहेको बताए । स्वस्थ मुख अभियानका अभियानता तथा डेन्टलका अध्यक्ष अमृत भुषालले मुख स्वस्थ्य विषय सुन्दा सामान्य लागेपनि गम्भीर भएको बताउँदै यसबारे सचेतना जगाउने उद्देश्यकासाथ कार्यक्रम गरिएको बताए । नेपालमा ९४ प्रतिशतभन्दा बढी मान्छेमा दात र मुखको रोग सम्बन्धि समस्या भएको बताउँदै रोग लागिसकेपछि उपचार भन्दा पनि रोकथामलाई प्राथमिकता दिने अभियान रहेको भुसालले बताए ।

कार्यक्रममा बोल्दै एक्सिस कलेजका प्राचार्य माधव कुमार पौडेलले मुख स्वस्थ हुन सकेमात्र शरिरको अन्य अङ्ग स्वस्थ्य हुने बताए । कार्यक्रममा बोल्दै दन्तरोग विशेषज्ञ डा. काजोल श्रेष्ठले दाँत र मुख सुरक्षाबारे जानकारी दिँदै ६–६ महिनामा दाँत परीक्षण, साँझ विहान दुई पटक ब्रस गर्ने जस्ता सामान्य कुरामा ध्यान दिनसके दाँत र मुखमा जटिल समस्या नआउने बताईन । सो कार्यक्रममा स्वस्थ्य निर्देशनालयका रामप्रसाद भट्टराई, हरिबिक्रम कुँवर लगायतले बोलेका थिए ।

आधुनिक समाज डेन्टल केयरले रूपन्देहीको अलवा गुल्मी, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाका पालिकाहरुसंग समन्वय गरेर मुख स्वस्थ्य अभियान चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra