बिहिबार, बैशाख १३, २०८१ Thursday 25th of April 2024

देवदह मेडिकल कलेजमा पक्षघात सम्बन्धि अन्तर्राष्ट्रिय स्तरको तालिम

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : शुक्रबार, चैत्र ११, २०७८


देवदह मेडिकल कलेजमा पक्षघात सम्बन्धि अन्तर्राष्ट्रिय स्तरको तालिम

११ चैत, बुटवल । आजकलको व्यस्त जीवनशैलीमा तनाव, उच्च रक्तचाप, मधुमेह, मोटोपना, धुमपान, मदिरापानका लगायतका कारण पक्षघातको समस्या दिनानुदिन बढ्दै गएको परिपेक्षमा विशेषगरी पक्षघातका बिरामीलाई अस्पतालमा राखेर चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गर्दा छिटो निको हुने कुरालाई मध्यनजर गर्दै यसको उपचार कसरी गर्ने ? भन्ने सम्बन्धमा नेपाल पक्षघात संघका डा. लेखजन थापाको पहल तथा देवदह मेडिकल कलेजको आयोजनामा कलेजमा दुई दिने तालिम सम्पन्न भएको छ ।

जर्मनीको युनिभर्सिटी अफ हिडलवर्गसंग सम्बन्धित एन्जल इनिसियटिभ ग्रुपका विशेषज्ञ डा. कृष्टिन टकल तथा सुचना विज्ञ प्याट्रिक टकलको सहजीकरणमा बिहीबार र शुक्रबार सो अन्तराष्ट्रिय सेमिनार तालिम सम्पन्न भएको छ । मूलतः अस्पतालमा पक्षघातका बिरामीलाई राखेर उपचार गर्दा महत्त्वपूर्ण भूमिका खेल्ने विभागहरु मेडिसिन, इमर्जेन्सी, हाडजोर्नी, नाककान घाँटी, रेडयोलोजी लगायतका विभागका चिकित्सक तथा नर्सहरुको सहभागीता रहेको सो सेमिनार पश्चात् देवदह मेडिकल कलेज यस क्षेत्रमै उत्कृष्ट उपचार केन्द्र हुनुका साथै सकारात्मक परिणाम दिन सक्ने कार्यक्रम संयोजक वरिष्ठ फिजिसियन डा. महेशराज घिमिरेको भनाइ छ । कुनै बेला पक्षघातबारे सीटि स्क्यान तथा एमआरआई ले पनि पत्ता लगाउन नसकेको अवस्थामा बिरामीको उपचार कसरी गर्न सकिन्छ भन्ने बारे ज्ञान प्राप्त गर्ने अवसर मिलेको डा घिमिरेले बताए । तालिमकाे समापन समारोहमा बोल्दै देवदह मेडिकल कलेजका अध्यक्ष गाेपाल बहादुर पाेखरेलले देवदह मेडिकल कलेजकाे स्तर उन्नती तथा थप सेवा सुविधाका बारेमा बताउँदै निकट भविष्यमा बरिष्ठ न्यूरो फिजिसियन डा लेखजङ्ग थापा सहितको टिमले पक्षघात तथा न्यूरो सम्बन्धी सुपर स्पेसियालिटी सेन्टर स्थापना गर्ने याेजना रहेको बताए ।

चिकित्सकको प्रत्यक्ष निगरानीमा पक्षघातको उपचार गर्दा मृत्युदर कम हुने कुरा अनुसन्धानले पुष्टि गरेको सन्दर्भमा यो कार्यक्रम प्रभावकारी मानिएको छ । अन्तर्राष्ट्रिय स्तरको तालिम आयोजना गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीको कार्य कुशलता बढ्नुका साथै अत्मबल बढ्दा उपचार प्रभावकारी हुने विश्वासका साथ सो कार्यक्रम राखिएको अस्पताल वरिष्ठ हाडजोर्नी विशेषज्ञ तथा निर्देशक डा. जयराज शर्माले बताए । तालिममा लुम्बिनी प्रादेशिक अस्पताल, देवदह मेडिकल कलेज तथा रिसर्च इन्स्टिच्युट, चौराहा अस्पताल तथा यस क्षेत्रका अरु अस्पतालमा कार्यरत ३५ जना डाक्टर नर्स प्यारामेडिक स्वास्थ्य-कर्मीहरुको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra