शुक्रबार, साउन ११, २०८१ Friday 26th of July 2024

स्वास्थ्य क्षेत्रमा एमाले घोषणापत्रः निरोगी नेपाल, स्वस्थ्य नेपाली

  • प्रकाशित मिति : शुक्रबार, बैशाख ९, २०७९


स्वास्थ्य क्षेत्रमा एमाले घोषणापत्रः निरोगी नेपाल, स्वस्थ्य नेपाली

काठमाडौं, ९ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।

उक्त घोषणापत्रमा निरोगी नेपाल, स्वस्थ्य नेपालीको नारा अघि सारिएको छ । पूर्वाधार, जनशक्ति, वित्तीय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन र निरोगी नेपाल निर्माण गर्ने एमाले घोषणापत्रमा उल्लेख छ ।

आरोग्यता, स्वास्थ्य परीक्षण, निःशुल्क आधारभूत स्वास्थ्य सेवा, जटिल रोगको निःशुल्क उपचार, बिमा, स्वास्थ्य पूर्वाधार र जनशक्तिको समष्टिगत व्यवस्थामार्फत स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने एमालेले बताएको छ ।

साथै प्रत्येक पालिकामा निर्माणाधीन आधारभूत अस्पताल सम्पन्न गर्ने, प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण र सञ्चालन गर्ने, त्यसका लागि आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्ने उल्लेख गरेको छ । मदिरा सेवन, धमूपान, लागुऔषधको सेवनलाई निरुत्साहन गर्न जागरणमुलक र कानुनी प्रबन्ध गर्ने पनि एमाले घोषणा पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra