शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

लुम्बिनी प्रदेश सभामा नि:शुल्क मुख स्वास्थ्य परिक्षण शिविर सम्पन्न

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : बिहिबार, साउन १२, २०७९


लुम्बिनी प्रदेश सभामा नि:शुल्क मुख स्वास्थ्य परिक्षण शिविर सम्पन्न

१२ साउन, बुटवल । लुम्बिनी प्रदेश सभा परिसरमा नि:शुल्क मुख स्वास्थ्य परिक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ । आधुनिक सममज डेन्टल केयर प्रा. लिको आयोजना तथा प्राविधिक सहयोग र प्रदेश सभा सचिवालय लुम्बिनी प्रदेशको समन्वयमा प्रदेश सभाका सदस्यहरु, स्वकीय सचिवालयका कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी तथा प्रदेश सभा सचिवालयका कर्मचारीहरुको विशेषज्ञ चिकित्सकद्वारा नि:शुल्क मुख स्वास्थ्य परिक्षण तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

दाँत परिक्षणगरी कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सभामुख पूर्णबहादुर घर्तीले दाँत तथा मुख स्वास्थ्य सम्बन्धि बालबालिका देखि बृद्धअवस्था सम्मका हरेक नागरिकले सचेत रहनुपर्ने बताउनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले आयोजकप्रति धन्यवाद ज्ञापन गर्दै, बहुसंख्यक नेपालीमा दाँत तथा मुख स्वास्थ्य सम्बन्धि समस्या रहेको हुँदा नियमित परिक्षण तथा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताउनुभयो । उपचारमा गुणस्तर वृद्धि गर्दै पिछडिएको समुदायको पहुँचमा दन्त स्वास्थ्य सेवा पुर्‍याउन सरकारले पहल गर्नुपर्ने श्रेष्ठले बताउनु भयो । शिविरमा सहभागी पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले नेपाली समाजमा दन्त तथा मुख स्वास्थ्य समस्या देखिएको र सो निराकरण गर्न विद्यालय स्तरबाटै बालबालिकामा जनचेतना जगाउँदै सहि तरिकाले नियमित परिक्षण साथै मुख स्वास्थ्यमा सजक रहनुपर्ने बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका मुख्य सचेतक भूमिश्वर ढकाल, नेपाली काङ्ग्रेसका मुख्य सचेतक फकरुद्धिन खान साथै नेकपा माओवादी केन्द्रका मुख्य सचेतक तुलाराम घर्ती, पर्यटन राज्यमन्त्री रिना नेपाल विक लगायतले दन्त तथा मुख स्वास्थ्य सम्बन्धि आ-आफ्नो धारणा राख्नुभएको थियो । स्वास्थ निर्देशनालयका निर्देशक डा. बिनोद कुमार गिरीले स्वास्थ्य क्षेत्रमा आयोजक संस्थाले गरेको योगदानप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।माननीय भोजप्रसाद श्रेष्ठ

वरिष्ठ दाँत तथा मुख स्वास्थ्य विशेषज्ञ डा. वर्षा थापा नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले १ सय २७ जना लुम्बिनी प्रदेश सभा सम्बद्ध व्यक्तित्वको परिक्षण तथा परामर्श प्रदान गर्नुभएको थियो । स्वस्थ मुख अभियानका अभियानता तथा डेन्टलका अध्यक्ष अमृत भुषालले मुख स्वस्थ्य विषय सुन्दा सामान्य लागेपनि गम्भीर भएको बताउँदै यसबारे सचेतना जगाउने उद्देश्यकासाथ कार्यक्रम गरिएको बताउनु भयो । नेपालमा ९४ प्रतिशतभन्दा बढी मान्छेमा दात र मुख स्वास्थ्य सम्बन्धि समस्या भएको बताउँदै रोग लागिसकेपछि उपचार भन्दा पनि रोकथामलाई प्राथमिकता दिने अभियान रहेको भुसालले बताउनु भयो । आधुनिक समाज डेन्टल केयरले रूपन्देहीको अलवा गुल्मी, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाका पालिकाहरु, लुम्बिनी प्रदेश सरकार, विद्यालयहरु, विभिन्न टोल बिकास संस्था लगायतका संघसंस्थासंग समन्वय सहकार्य गरेर मुख स्वस्थ्य अभियान चलाएको कार्यक्रम संयोजक माधव सापकोटाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra