शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

नौलो अभियान कृषि सहकारीको ५ औं स्थापना दिवसमा रक्तदान

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : शुक्रबार, भदौ १७, २०७९


नौलो अभियान कृषि सहकारीको ५ औं स्थापना दिवसमा रक्तदान

बुटवल । नौलो अभियान कृषि सहकारी संस्था लिमिटेड बुटवल उपमहानगरपालिका- १७ रानीगञ्जको ५ औं स्थापना दिवस सम्पन्न भएको छ। साेही अवसरमा २० जना सदस्यहरुले रक्तदान समेत गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं. १७ का वडा अध्यक्ष ज्ञानबहादुर रेश्मीले जनतासँग जोडिने कार्यक्रम लिएर आएमा आफ्नाे वडाले सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थाको उन्नति र प्रगतिको बाटोमा सधै आफू सहयोगी बन्ने बताउँदै थप प्रगतिकाे शुभकामना समेत व्यक्त गरे । कार्यक्रममा सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले सहकारी आन्दोलनसँग यो सहकारीलाई कसरी जोड्ने, वचत गर्ने बानीको विकास गर्न के के गर्ने,सहकारीको महत्त्व बुझाउन के के गर्ने, हाम्रो सहकारीलाई राम्रो सहकारी बनाउनतर्फ कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे बताउँदै, बलियो सहकारीले नै आफ्ना सदस्यलाई बलियो बनाउने बताए ।

रगत जस्तो संवेदनशील विषयलाई जोडेर शुभकामना आदानप्रदान कार्यक्रम राख्दा उचित हुने ठानेर कार्यक्रम गरिएको बताउँदै संस्थाका अध्यक्ष लेखनाथ पाण्डेले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे ।
गर्मीसँगै विभिन्न रोग देखा परेक अवस्थामा रगतको अभावमा कसैले समस्या भोग्न नपरोस साथै संस्थाका पदाधिकारी तथा शेयर सदस्यीय बिचको अन्तरसम्बन्ध नजिक होस् भन्ने उद्देश्यले वार्षिकोत्सबको अवस्थामा कार्यक्रम आयोजना गरेको सचिव गोपालप्रसाद श्रेष्ठले बताए । श्रेष्ठले संस्थामा ३४२ शेयर सदस्य रहेकाे बताए ।

अस्पतालमा रहेका बिरामीको जीवनमा रगतले जीवन मरणको निधो गरेझै, जनताको जीवनमा आएका आर्थिक खडेरीमा सहयोगी बनेकोमा नमस्ते टोल बिकास संस्थाकी अध्यक्ष मधु पाण्डेले धन्यवाद ज्ञापन गरिन् । संस्थाकी उपाध्यक्ष विमला तिवारी, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरु हरि तिवारी, केशव भट्टराई, राजु पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra