शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

नेपाल डेण्टल हाइजेनिष्ट एशोसियसनको अध्यक्षमा अमृत भुसाल

  • प्रकाशित मिति : शनिबार, भदौ १८, २०७९


नेपाल डेण्टल हाइजेनिष्ट एशोसियसनको अध्यक्षमा अमृत भुसाल

बुटवल । मुख स्वास्थ्यकर्मीहरुको साझा संगठन नेपाल डेण्टल हाइजेनिष्ट एशोसियसनको सातौं राष्ट्रिय महाधिबेशनबाट बुटवलका अमृत भुसालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । निर्वाचित अध्यक्ष भुसालले आधुनिक दन्त चिकित्सा आम जनताको पहुँच सम्म पुग्नेगरि गुणस्तरीय स्वास्थ शिक्षा प्रदान गर्न नेपाल डेण्टल हाइजेनिष्ट एशोसियसन प्रतिबद्ध रहेको बताए ।

“आधुनिक दन्त चिकित्सामा डेन्टल हाइजेनिस्टको अपरिहार्यता” भन्ने नाराका साथ शनिबार इटहरीमा सम्पन्न ७ औं महाधिवेशनबाट निर्वाचित कार्य समितिको बरिष्ठ उपाध्यक्ष केशव रिमाल, उपाध्यक्षमा शिव कुमार महतो साथै महासचिव पिताम्बर गिरी, सचिव उमेश महतो ,कोषाध्यक्ष दिलराम श्रेष्ठ, सह कोषाध्यक्ष दिलिप कुमार यादव त्यसैगरी सदस्यहरुमम पंकज शाह, सुर्य बहादुर तामाङ, अमित कुमार मगर, बिशाल बम शाही टंक विश्वकर्मा र जगन्नाथ यादव रहेका छन् । अधिवेशनमा सातै प्रदेशका प्रतिनिधी एवं पर्यवेक्षकको उपस्थिती थियो रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra