बुटवल । मुख स्वास्थ्यकर्मीहरुको साझा संगठन नेपाल डेण्टल हाइजेनिष्ट एशोसियसनको सातौं राष्ट्रिय महाधिबेशनबाट बुटवलका अमृत भुसालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । निर्वाचित अध्यक्ष भुसालले आधुनिक दन्त चिकित्सा आम जनताको पहुँच सम्म पुग्नेगरि गुणस्तरीय स्वास्थ सेवा प्रदान गर्न नेपाल डेण्टल हाइजेनिष्ट एशोसियसन प्रतिबद्ध रहेको बताए ।
“आधुनिक दन्त चिकित्सामा डेन्टल हाइजेनिस्टको अपरिहार्यता” भन्ने नाराका साथ शनिबार इटहरीमा सम्पन्न ७ औं महाधिवेशनबाट निर्वाचित कार्य समितिको बरिष्ठ उपाध्यक्ष केशव रिमाल, उपाध्यक्षमा शिव कुमार महतो साथै महासचिव पिताम्बर गिरी, सचिव उमेश महतो ,कोषाध्यक्ष दिलराम श्रेष्ठ, सह कोषाध्यक्ष दिलिप कुमार यादव त्यसैगरी सदस्यहरुमा पंकज शाह, सुर्य बहादुर तामाङ, अमित कुमार मगर, बिशाल बम शाही टंक विश्वकर्मा र जगन्नाथ यादव रहेका छन् । अधिवेशनमा सातै प्रदेशका प्रतिनिधी एवं पर्यवेक्षकको उपस्थिती थियो रहेको थियो ।