शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको ८ औं अधिबेशन सम्पन्न – अध्यक्षमा पुन

  • प्रकाशित मिति : शुक्रबार, पुस ८, २०७९


सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको ८ औं अधिबेशन सम्पन्न – अध्यक्षमा पुन

बुटवल, ७ पुस । विशेषगरी बालबालिकाको स्वास्थको क्षेत्रमा काम गर्ने सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको २४औं वार्षिक साधारणसभा, ८ औं अधिबेशन सम्पन्न एवम् सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि, पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले निस्वार्थ पूर्वक समाजिक सेवा गरेकोमा सेतो गुराँसको सम्पूर्ण टिम प्रति धन्यवाद ज्ञापन गरे । श्रेष्ठले आफू स्वास्थ्य मन्त्री रहँदा सुआहरासंग मिलेर लुम्बिनी प्रदेश भरी बालबालिका र कोभिड १९ को समयमा उल्लेख्य काम गरेको आफुले अनुभूति गरेको बताउँदै पोषण तथा गर्भवतीको क्षेत्रमा समेत नमुना काम गरेको बताए । शुक्रबार सम्पन्न कार्यक्रममा गैरसरकारी संस्था महासंघका सल्लाहकार तथा नेकपा एमालेका रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसिले सेतो गुराँसले गरिबीको रेखा मुनिको वर्गमा शिक्षा स्वास्थ्य तथा पोषणको क्षेत्रमा काम गर्छ भन्ने आम बुझाइ रहेको बताउँदै संस्थाले अध्यारोलाई उज्यालोमा लैजान भूमिका खेलेको बताए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले सेतो गुराँस बाल विकास सेवाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था संग सहकार्य गरेर बालबालिका, स्वास्थ्य, पोषण तथा गर्भवतीको क्षेत्रमा धेरै योगदान दिएको बताए । कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणीन्द्र शर्माले सेतो गुराँसले बालबालिको शिक्षा, स्वास्थ, पोषणको क्षेत्रमामा उल्लेख्य काम गरेको बताउँदै आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्न नगरपालिका तयार रहेको बताए ।

बुटवल उपमहानगरपालिका १३ जितेश्वरीमा सम्पन्न आठौं अधिवेशनले ओमिकाला गहा पुनको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा उमा भण्डारी सचिव मञ्जु श्रेष्ठ चयन भएकी छन् । साथै कोषाध्यक्षमा गोमती सुनार सदस्यहरुमा कमल न्यौपाने, ज्योती यादव र रमा थापा चयन भएका छन् ।


सेतो गुराँस बाल विकास सेवा रुपन्देहीले जितेश्वरी माध्यमिक विद्यालयलाई अक्षयकोष बापत रु १० हजार हस्तान्तरण गरेको छ भने अध्यक्ष शकुन्तला देवी पुनले अक्षयकोष बापत २० हजार रुपैयाँ राखेकी छन् । कार्यक्रममा शकुन्तला देवी पुनले अध्यक्षको प्रतिवेदन, मञ्जु श्रेष्ठले सचिव तथा उमा भण्डारीले कोषाध्यक्षको प्रतिवेदन पेश गरेको कार्यक्रममा सामाजिक अभियानता इन्दिरा अर्यालले सामाजिक परिक्षण प्रतिवेदन पेश गरेकी थिइन भने कार्यकारी निर्देशक सुमित्रा शर्माले कार्यक्रमको सहजीकरण गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra