शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

देवदहमा सुरु भयो विद्यालयस्तरीय मुख स्वास्थ्य शिक्षा तथा जाँच कार्यक्रम

  • प्रकाशित मिति : बिहिबार, पुस १४, २०७९


देवदहमा सुरु भयो विद्यालयस्तरीय मुख स्वास्थ्य शिक्षा तथा जाँच कार्यक्रम

देवदह, पुस १४ । देवदह नगरपालिका अन्तरगतका सबै सामुदायिक विद्यालयमा विद्यालयस्तरीय मुख स्वास्थ्य शिक्षा, स्वास्थ्य जाँच एवम् किशोरीहरुमा हेमोग्लोबिन नमुना परिक्षण कार्यक्रम शुभारम्भ भएको छ । बिहीबार युगज्योती माध्यमिक विद्यालयबाट सुरुभएको कार्यक्रम देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले उद्घाटन गरे । उद्घाटनमा बोल्दै खरेलले दाँत तथा मुख स्वास्थ्य सम्बन्धि बालबालिका देखि बृद्धअवस्था सम्मका हरेक नागरिक सचेत रहनुपर्ने बताए । व्यक्ति स्वस्थ भए मात्रै स्वस्थ्य समाज बन्ने बताउँदै खरेलले गरिबीको रेखामुनि रहेका मान्छेलाई स्वास्थ्य सचेतना र उपचार लाई केन्द्रमा राखेर अगाडि बढ्ने देवदह नगरपालिकाको योजना रहेको बताए । आजको विद्यार्थी स्वस्थ भएमा देश स्वस्थ हुने बताउँदै खरेलले देवदह नगरपालिकाले शिक्षा र स्वास्थ्य लाई केन्द्रमा राखेर अगाडि बढेको बताए । उपचारमा गुणस्तर वृद्धि गर्दै पिछडिएको समुदायको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउँदै निरोगी देवदह बनाउने पहिलो प्राथमिकता रहेको खरेलको भनाइ छ ।

मानिसको सबैभन्दा महत्त्वपूर्ण विषय स्वास्थ्य रहेको बताउँदै देवदह नगरपालिकाकि उपप्रमुख विद्यालक्ष्मी गुरुङले नगरपालिकाको नीति तथा कार्यक्रम अन्तरगत कार्यक्रम गरिएको बताइन् । “नागरिक लाई स्वस्थ बनाउने अभियानको यो एउटा कार्यक्रम हो । ” गुरुङले भनिन ।

देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले देवदहका दन्त तथा मुख स्वास्थ्य समस्या निराकरण गर्न विद्यालय स्तरबाटै बालबालिकामा जनचेतना जगाउँदै सहि तरिकाले नियमित परिक्षण साथै मुख स्वास्थ्यमा सजक रहनुपर्ने ठानेर अभियान चलाएको बताए । कार्यक्रममा देवदह मेडिकल कलेजका अस्पताल निर्देशक डा. जयराज बञ्जराले घरायसी खानपिनमा उच्च सतर्कता अपनाएमा स्वास्थ्यमा समस्या नआउने बताए । उनले बहुसंख्यक नेपालीमा दाँत तथा मुख स्वास्थ्य सम्बन्धि समस्या रहेको हुँदा नियमित परिक्षण तथा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताए ।

स्वस्थ मुख अभियानका अभियानता तथा डेन्टलका अध्यक्ष अमृत भुषालले मुख स्वस्थ्य विषय सुन्दा सामान्य लागेपनि गम्भीर भएको बताउँदै यसबारे सचेतना जगाउने उद्देश्यकासाथ कार्यक्रम गरिएको बताए । नेपालमा ९५ प्रतिशतभन्दा बढी मान्छेमा दात र मुख स्वास्थ्य सम्बन्धि समस्या भएको बताउँदै रोग लागिसकेपछि उपचार भन्दा पनि रोकथामलाई प्राथमिकता दिने अभियान रहेको भुसालले बताए ।

विगतमा मुख स्वास्थ्यलाई सरकारले प्राथमिकता नदिएको स्मरण गर्दै बदलिँदो समयमा महत्त्वका साथ अगाडि बढेको देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख कासिराम बञ्जाडेले बताए । कार्यक्रममा सहभागी लाई स्वागत गर्दै युगज्योती माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवप्रसाद ढुङ्गानाले देवदहका सामुदायिक विद्यालयहरुमा गर्दै गरेको कार्यक्रमको सुरुवात गर्न पाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा देवदह नगरपालिकाका वडा ६ का अध्यक्ष खेम थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम नारायण अधिकारी लगायतले दन्त तथा मुख स्वास्थ्य सम्बन्धि आ-आफ्नो धारणा राखेका थिए ।


कार्यक्रम देवदह नगरपालिकाको आर्थिक सहयोगमा, आधुनिक सममज डेन्टल केयर प्रा. लिको आयोजना तथा देवदह मेडिकल कलेज र खैरेनी पोलिक्लिनिकको प्राविधिक सहयोग रहेको छ ।

दाँत तथा मुख स्वास्थ्य विशेषज्ञ डा. मनिला गुरुङ, डा. सपना कुँवर, डा एलिजा अर्याल लगायत चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले परिक्षण तथा परामर्श प्रदान गरेका छन् । पहिलो चरण यो महिना र दोस्रो चरण बैशाख – जेठ गरि देवदह क्षेत्रका ३० विद्यालयका १० हजार विद्यार्थीको परिक्षण गर्ने लक्ष रहेको छ । आधुनिक समाज डेन्टल केयरले रूपन्देहीको अलवा गुल्मी, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाका पालिकाहरु, लुम्बिनी प्रदेश सरकार, विद्यालयहरु, विभिन्न टोल बिकास संस्था लगायतका संघ संस्थासंग समन्वय सहकार्य गरेर मुख स्वस्थ्य अभियान चलाएको कार्यक्रम संयोजक माधव सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra