शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

आयुर्वेद स्वास्थ्यकर्मीहरु लाई तीन दिने तालिम सम्पन्न

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : सोमवार, माघ १६, २०७९


आयुर्वेद स्वास्थ्यकर्मीहरु लाई तीन दिने तालिम सम्पन्न

बुटवल । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा आयुर्वेद स्वास्थ्यकर्मीहरुका लागि आयुर्वेद स्वास्थ्य तथा सुचना प्रणाली (AHMIS) तालिम होटल दरबारलन बुटवलमा सम्पन्न भएको छ । आयुर्वेद स्वास्थ्य कर्मीहरुलाई स्वास्थ्य तथ्यांक सुचना तथा प्रविधि मैत्री हिसाबले कसरी व्यवस्थित राख्ने सम्बन्धि तालिममा सहजीकरण गरिएको कार्यक्रम संयोजक वरिष्ठ कविराज निरिक्षक गणेश सापकोटा बताए । तालिमको सहजीकरण तथ्यांक अधिकृत मान बहादुर ओली, युनिसेफ प्रतिनिधि डा. वर्षा योगी लगायतले गरेका थिए ।

तालिमको अभिभाकिय भूमिकामा सहभागी लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद गिरीले स्वास्थ्य तथा सुचना प्रणाली सम्बन्धि सबै स्वास्थ्यकर्मी दक्ष हुनुपर्ने बताए । तीन दिन सम्म सञ्चालित तालिमको अन्तिम दिन सहभागी स्वास्थ्य मन्त्रालयको आयुर्वेद तथा बैकल्पिक महाशाखा प्रमुख डा. पुष्पराज पौडेलले स्वास्थ्य तथा सुचना प्रणाली सम्बन्धि स्वास्थ्यकर्मी दक्ष र सक्षम हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra