आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

राष्ट्रपति सवार भएको समयमा हिँडेको भन्दै ट्रमा सेन्टरका डाक्टर सिंहमाथि प्रहरीको कुटपिट

  • प्रकाशित मिति : शुक्रबार, माघ २७, २०७९


राष्ट्रपति सवार भएको समयमा हिँडेको भन्दै ट्रमा सेन्टरका डाक्टर सिंहमाथि प्रहरीको कुटपिट

शुक्रबार राष्ट्रपति सवारी भएको समयमा हिँडेको भन्दै प्रहरीले ट्रमा सेन्टरका चिकित्सक जनिथलाल सिंहलाई कुटपिट गरेको छ । प्रहरीको लाठी चार्जबाट चिकित्सक सिंह घाइते भएका छन्।

दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी बानेश्वरस्थित संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्न गएकी थिइन्। सम्बोधन गरेर फर्किने क्रममा बाटो खाली गराइएको थियो। त्यही बेला वीर अस्पतालबाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए। बाटो खाली गराइएको बेलामा हिँडेको भन्दै प्रहरीले सिंहलाई कुटपिट गरेको हो। उनको टाउकोमा चोट लागेको छ।

घटनाको विरोधमा चिकित्सकहरूले प्रर्दशन गरिरहेका छन्। डाक्टरको कार्ड देखाएर हिँड्न समेत नदिइएको उनीहरूले बताएका छन्। विरोधमा उत्रिएका स्वास्थ्यकर्मीले घटनामा संलग्न प्रहरीले डाक्टरसँग माफी माग्नुपर्ने माग राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra