शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

लुम्बिनी प्रादेशिक अस्पतालमा कविता प्रतियोगिता सम्पन्न

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ११, २०७९


लुम्बिनी प्रादेशिक अस्पतालमा कविता प्रतियोगिता सम्पन्न

फागुन ११, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको ११३ औं वार्षिकोत्सबको अवसरमा अस्पतालमा कार्यरत कर्मचारी बिच कविता प्रतियोगिता सम्पन्न भएको छ । “म र मेरो अस्पताल” शीर्षकमा बिहीबार सम्पन्न प्रतियोगितामा विजय आचार्य प्रथम भएका छन् भने सुनिता अर्याल द्वितीय भएकी छन् । आर्या भण्डारी र सरिता बस्यालले तृतीय स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा प्रमुख निर्णायकको रुपमा उपस्थित डा. हिरण्यलाल ज्ञवालीले कवितामा स्वास्थ्यकर्मीको अन्तरहृदयको पीडा, बेदना तथा खुसी उद्घाटित भएको बताए । कवितामा भौतिक स्वरुपमा रहेको अस्पताललाई मानविकरण गरिएको ज्ञवालीले बताए । कविताका पंक्ति पंक्तिमा स्वास्थ्यकर्मी, बिरामी तथा अस्पताल संग सम्बन्धित समग्र अवस्थालाई जोडिएको बताए । प्रतियोगितामा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञानहरी मरासिनीको अध्यक्षता रहेको थियो भने नर्सिङ प्रमुख ज्योति पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रमुख निर्णायक डा. हिरण्यलाल ज्ञवाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra