फागुन १२, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको ११३ औं वार्षिकोत्सबको अवसरमा अस्पतालमा नि:शुल्क मधुमेह (सुगर) परिक्षण कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल स्थापनाको अवसरमा सञ्चालित विभिन्न कार्यक्रम मध्ये नि:शुल्क मधुमेह परिक्षण सेवाग्राहीमुखी एक कार्यक्रम रहेको अस्पतालकि नर्सिङ प्रमुख ज्योति पौडेलले बताइन् ।
शुक्रबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालित कार्यक्रममा २९३ जनाको नि:शुल्क मधुमेह (सुगर) परिक्षण गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका ल्याब इन्चार्ज मान बहादुर श्रेष्ठले जानकारी दिए ।
लुम्बिनी प्रादेशिक अस्पतालको ११३ औं वार्षिकोत्सबको अवसरमा मधुमेह परिक्षण, रक्तदान, विभिन्न खेलकुद तथा बौद्धिक लगायत विभिन्न कार्यक्रमरु सञ्चालन भइरहेका छन् ।