शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

लुम्बिनी प्रादेशिक अस्पताललाई नमुना विशिष्टकृत अस्पताल बनाउँछौं – स्वास्थ्य मन्त्री पन्थी

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : सोमवार, फाल्गुन १५, २०७९


लुम्बिनी प्रादेशिक अस्पताललाई नमुना विशिष्टकृत अस्पताल बनाउँछौं – स्वास्थ्य मन्त्री पन्थी

फागुन १५, बुटवल । लुम्बिनी प्रदेश सरकारका स्वाथ्य मन्त्री विष्णुप्रसाद पन्थीले लुम्बिनी प्रदेश सरकारले अगाडी बढाएको लुम्बिनी प्रदेशकै गौरवको योजानको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लाई नमुना विशिष्टकृत अस्पताल बनाउने बताएका छन् । पन्थीले गुरुयोजना अनुसार नै अस्पतालको स्तरउन्नती हुने जानकारी दिदै १० तले आधुनिक भवन निर्माणको लागि रोकीएको ठेक्का प्रक्रिया अविलम्ब सुरुवात गर्ने आश्वासन दिए । सोमबार लुम्बिनी प्रादेशिक अस्पतालको १ सय १३ औ बार्षिक उत्सवको अवसरमा बोल्दै स्वाथ्य मन्त्री पन्थीले प्रदेशको सबैभन्दा महत्त्वपूर्ण अस्पतालको रुपमा बिकास गर्ने योजना रहेको बताए । उनले बुटवल आर्थिक राजधानीको कोसेढुङ्गा भएको भन्दै विपतमा तुरुन्त उपचार पाइन्छ, बाँच्न सकिन्छ भन्ने भरोसा दिलाउन सक्ने गरी अस्पताल विकास हुने बताए । उनले भने–‘ यो अस्पताल सिङ्गो प्रदेशको चासोको केन्द्र हो, यसको व्यवस्थापनमा हामी लाग्छौं ।’ स्वास्थ्यकर्मीलाई बलियो आत्मबलका साथ अगाडि बढ्ने वातावरण बनाउने भन्दै बुटवललाई मेडिकल टुरिजम बनाउने समेत बताए ।

कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले अस्पतालले स्वास्थ्य संकटमा ठूलो योगदान दिएको बताउँदै पछिल्लो समयमा विरामीहरुले बिमाबाट भएका हैरानी भएको गुनासो सुन्नमा आएको बताउँदै सो समस्या अन्त्य गर्नका लागि अस्पताल प्रशासन र सरकारले कदम चाल्नुपर्ने बताए । अस्पतालको सुदृढीकरणका निमित्त, भौतिक संगै गुणस्तर व्यवस्थापन गर्न आवश्यक भएको भन्दै अरवौंको भवन निर्माण गर्ने काममा अघिल्लो सरकार कुबाटोमा लागेकै कारण आधा सम्पन्न हुने समयमा अस्पताल निर्माण नै सुरुवात नभएको दाबि गरे । कुन चिज लाई प्राथमिकतामा राख्ने भन्ने विषयमा जवाफदेही हुनुपर्ने पक्ष जवाफदेही नहुँदाको परिणाम अस्पताल सहि रुपले अगाडि बढ्न नसक्ने लुम्बिनी प्रदेस सरकारका पुर्व मन्त्री तथा वर्तमान सांसाद श्रेष्ठको भनाई रहेको थियो ।

बुटवल उपमहानगरपालिका उपप्रमुख खेलराज पाण्डेले कोभिड कालमा अस्पतालले दिएको सुविधा प्रसंशायोग्य रहेको भन्दै एमडी कार्यक्रम सञ्चालन गर्ने योजना हो, भने स्थानीय सरकारको सहयोग रहने बताए । उनले बुटवलमा हुने विभिन्न सेवा प्रदायक संस्था संगै बुटवल उपमहानगरपालिका सहयोगी निकायको रुपमा रहेने बताउँदै यसमा सहकार्य गर्नका लागि आग्रह गरेका थिए ।

कार्यक्रममा अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञानहरी मरासिनीले विरामीको चाँप अनुसार अस्पतालको भौतिक पुर्वाधार अभाव रहेको बताएका थिए । उनले निर्माण गर्ने भनिएको १० तले भवन छिटोभन्दा छिटो निर्माण प्रकृया अगाडि बढाउनको लागि प्रदेश सरकारसंग माग गरे । कार्यक्रममा पूर्व अध्यक्षहरुबाट बाबुराम भट्टराई, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद गिरी,पूर्व मेडिकल सुपरिटेन्टेन्टको तर्फबाट डा. राजेन्द्र खनाल, पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्का, राजन के सी लगायतले आ -आफ्नो भनाई राखेका थिए । कार्यक्रममा सेवा निवृत्त कर्मचारी विश्वनाथ गौतम, कृष्णप्रसाद सापकोटा, युग कुमारी खनाल लाई सम्मान गरिएको थियो । साथै विभिन्न प्रतियोगितामा पुरस्कृत कर्मचारीलाई पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra