बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तादन कार्यक्रम

  • प्रकाशित मिति : सोमवार, चैत्र १३, २०७९


अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तादन कार्यक्रम

चैत्र १३, बुटवल । अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजको आयोजनामा सोमबार रक्तादन कार्यक्रम सम्पन्न भएको छ । बढ्दो गर्मी संगै रगतको माग बढ्दो भएका कारण संस्थाको सामाजिक उत्तरदायित्व अनुसार रक्तादान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष यमबहादुर अर्यालले बताए । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ५५ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष रेशम भण्डारीले बताए ।

कार्यक्रममा समाजका अर्का उपाध्यक्ष मनोज गौतमले अहिले पनि रगत दिन धेरैले आनाकानी गर्ने गरेको बताउंदै रक्तदान जीवनदान हो भन्ने जागरण पैदा गर्नका लागि समाजले रक्तादन कार्यक्रम गर्दै आएको बताए । समाजले यस अघि अप्ठ्यारोमा परेकाहरुलाई सहयोग, विभिन्न आश्रममा खाद्यान्य सहयोग, सरसफाई, पारिबारीक मिलन जस्ता कार्यक्रम गर्दै आएको भन्दै उनले सामाजिक उत्तरदायित्व अनुसार रक्तदान कार्यक्रम गरेको बताए ।

गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं. ६ अर्जै बाट विभिन्न पेशा व्यवसाय एवं स्थायी रुपमा बसोबास गर्नेहरु बीच आपसी भाईचाराको विकास गर्ने उद्देश्यले गठन भएको समाजले बार्षिक कार्ययोजना अनुसार विभिन्न कार्य गर्दै आएको समाजका सचिव ओमप्रसाद अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra