शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

नेपाल औषधी व्यवसायी संघ रुपन्देहीको दोस्रो अधिवेशन सम्पन्न – अध्यक्षमा बस्नेत

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : आइतवार, चैत्र १९, २०७९


नेपाल औषधी व्यवसायी संघ रुपन्देहीको दोस्रो अधिवेशन सम्पन्न – अध्यक्षमा बस्नेत

बुटवल । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीको दोस्रो अधिवेशन  बुटवलमा सम्पन्न भएको छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थीले संस्थागत हित तथा व्यवसायीक सफलताको कामना गरे । पन्थीले औषधी व्यवासायीले कोरोना कहरमा खेलेको उल्लेख्य भूमिकाको प्रसंसा गरे । शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट खड्ग बहादुर बस्नेतको अध्यक्षतामा पदाधिकारी तथा कार्यसमिति सदस्यहरु चयन भएका छन् । जसको उपाध्यक्षमा पुरुषोत्तम भट्टराई, महासचिवमा नारायण बहादुर थापा, कोषाध्यक्षमा माधव प्रसाद खनाल, सचिवमा कृष्ण प्रसाद शर्मा पोखरेल तथा उप-कोषाध्यक्षमा केदारनाथ नेपाल तथा कार्यसमिति सदस्यमा कपिल ज्ञवाली, एकादेव बस्याल र उमेश चन्द्र आचार्य चयन भएका छन् । अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव तथा उप-कोषाध्यक्ष पदमा निर्विरोध भएपनि कोषाध्यक्ष र कार्यसमिति सदस्यमा निर्वाचन भएको थियो । जस अनुसार कोषाध्यक्षमा माधव प्रसाद खनालले २३० मत प्रप्तगरी विजयी हुँदा प्रतिस्पर्धी विदुर बहादुर जि. सी.ले १७८ मत प्रप्त गरे । कार्यसमिति सदस्यमा कपिल ज्ञवाली २६०, एकादेव बस्याल २३६ तथा उमेशचन्द्र आचार्यले २२७ मत प्रप्त गरि विजयी भए भने गुञ्जन ढकाल २००, रामप्रसाद यादव १०५ तथा सुभास ज्ञवालीले ९८ मत प्राप्त गरे ।

निर्वाचनमा सहभागी उम्मेदवारको मत परिणाम

 

निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको नामावली

विजयी उम्मेदवारलाई नेपाल औषधी व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले पद तथा गोपनियताको सपथ गराए । भट्टराईले विजयीलाई बधाई तथा शुभकामना दिदै संघ तथा व्यवसायीक‍ हितमा काम गर्न अपिल गरे । विजयीलाई बधाई तथा शुभकामना दिदै नेपाल औषधी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठले सरोकारवालाको मन जित्दै पदिय मर्यादा, अनुशासन, व्यवसायीक तथा संस्थागत हितमा सधैं खर‍ो उत्रन अपिल गरे । कार्यक्रममा निवर्तमान अध्यक्ष सुरज भट्टराई, संघका नेता लुकराज न्यौपाने लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै अध्यक्षमा निर्वाचित खड्ग बहादुर बस्नेतले आफू र आफ्नो कार्यसमिति संथागत, व्यवसायीक तथा सरोकारवालाको पक्षमा काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra