बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

पिन लुम्बिनी र एसियन ल्याब बुटवलबिच इन्जिनियरलाई स्वास्थ्य परिक्षणमा ४० % छुट दिने समझौता

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : आइतवार, चैत्र १९, २०७९


पिन लुम्बिनी र एसियन ल्याब बुटवलबिच इन्जिनियरलाई स्वास्थ्य परिक्षणमा ४० % छुट दिने समझौता

बुटवल । प्रोग्रेशिभ इञ्जिनीयर्स एसोसियसन नेपाल (पिन) लुम्बीनी प्रदेश र एसियन डाइगोनेष्ट्रीक ल्याब बुटवल बिच नेपाल इन्जिनियर परिषदको परिचयपत्र देखाई सम्पूर्ण ल्याव परिक्षणको शुल्कमा इन्जिनियर र उनका परिवारलाई ४०% छुट दिने सम्झौता भएको छ । सम्झौता पत्रमा पिनको तर्फबाट प्रदेश अध्यक्ष दिपक भट्टराई र ल्याबको तर्फबाट विनित रेग्मीले हस्ताक्षर गरे ।

कार्यक्रममा सहभागी लुम्बिनी प्रदेश सभासद तथा पूर्व स्वास्थ्य भोजप्रसाद श्रेष्ठले शिक्षा र स्वास्थ्य नि:शुल्क नहुन्जेल देशले विकासको गति लिन नसक्ने बताए । श्रेष्ठले विद्यार्थीहरु विज्ञान प्रविधिको आविष्कारक तथा प्रयोगकर्ता भएको बताउँदै विद्यार्थी मार्फत सचेतना अभियान चलाउनु पर्ने बताए । श्रेष्ठले राजनीतिमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन इन्जिनियर तथा प्रविधिक क्षेत्रको मार्गदर्शन सधैं महत्त्वपूर्ण हुने बताए । उनले प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल लुम्बिनी प्रदेश कमिटीले स्वास्थ्य सचेतना र जानकारी लिनको लागि उल्लेख्य कार्यक्रम गरेकोमा धन्यवाद ज्ञापन गरे ।


साथै सोही कार्यक्रममा बृहत स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम शनिबार बुटवल बहुमुखी क्याम्पस बुटवलमा सम्पन्न भएको छ । शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. पुष्प राज जोशी नेतृत्वको टोलिले बिरामी तथा इञ्जिनीयरहरुको स्वास्थ्य चेकजाँच तथा परामर्श दिएका थिए । शिविरमा एसियन डाइगोनेष्टीक ल्याबको प्रविधिक सहयोगमा नि:शुल्क सुगर, किड्नी तथा कोलेस्टोलको चेकजाँच गरिएको थियो । साथै आधुनिक समाज डेन्टल केयर बुटवलको सहकार्यमा नि:शुल्क दन्त परिक्षण तथा पराम‌र्श सेवा प्रदान गरिएको थियो ।


बढ्दो गर्मी संगै रगतको माग बढ्दो भएका कारण रक्तादान कार्यक्रमको आयोजना गरिएको पिन लुम्बीनी प्रदेश इमिटी सदस्य तथा स्वास्थ शिविर संयोजक ई. हेमराज शाहीले बतए । शाहीले पिन इन्जिनियरहरुको हकहित तथा इन्जिनियरको पेशालाई मर्यादित र सुरक्षित बताउन लाग्ने प्रमुख संगठन भएको बताए । शाहीले इञ्जिनीयर पेसाको पक्षमा सधैं खट्ने बताए । पिन लुम्बिनी प्रदेश कमिटीले भर्खरै निर्वाचित बुटवल बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सम्पूर्ण पदाधिकारीलाई सम्मान गरेको थियो ।


उक्त कार्यक्रममा १०३ जना इन्जिनियर तथा अन्य सहभागीले स्वास्थ्य चेक जाँच तथा ल्याव परिक्षण गरेका छन् । सो कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको छ । बिहान ७ बजे सुर भएको शिविर दिउँसो १ बजे सम्म सञ्चालन भएको थियो । उक्त बृहत स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको अध्यक्षता अध्यक्ष दिपक भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra