बुटवल । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीको सम्पन्न दोस्रो अधिवेशनबाट निर्वाचित समितिको पदस्थापन कार्यक्रम बिहीबार बुटवलमा सम्पन्न भएको छ ।
कार्यक्रममा औषधी व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले विजयीलाई बधाई तथा शुभकामना दिदै संघ तथा व्यवसायीक हितमा काम गर्न अपिल गरे । भट्टराईले देशकै सक्रिय शाखा रुपन्देहीको उत्कृष्टताको निरन्तरताको अपेक्षा गरे । विजयीलाई बधाई तथा शुभकामना दिदै नेपाल औषधी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठले सरोकारवालाको मन जित्दै पदिय मर्यादा, अनुशासन, व्यवसायीक तथा संस्थागत हितमा सधैं खरो उत्रन अपिल गरे । कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवाली, निवर्तमान अध्यक्ष सुरज भट्टराई, पूर्व अध्यक्ष डा. रोहितराज क्षेत्री लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।
गत शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट खड्ग बहादुर बस्नेतको अध्यक्षतामा पदाधिकारी तथा कार्यसमिति सदस्यहरु चयन भएका छन् । जसको उपाध्यक्षमा पुरुषोत्तम भट्टराई, महासचिवमा नारायण बहादुर थापा, कोषाध्यक्षमा माधव प्रसाद खनाल, सचिवमा कृष्ण प्रसाद शर्मा पोखरेल तथा उप-कोषाध्यक्षमा केदारनाथ नेपाल तथा कार्यसमिति सदस्यमा कपिल ज्ञवाली, एकादेव बस्याल र उमेश चन्द्र आचार्य चयन भएका छन् ।