सोमवार, चैत्र १२, २०८० Monday 25th of March 2024

औषधी व्यवसायी संघ रुपन्देहीको पदस्थापना कार्यक्रम

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : शुक्रबार, चैत्र २४, २०७९


औषधी व्यवसायी संघ रुपन्देहीको पदस्थापना कार्यक्रम

बुटवल । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीको सम्पन्न दोस्रो अधिवेशनबाट निर्वाचित समितिको पदस्थापन कार्यक्रम बिहीबार बुटवलमा सम्पन्न भएको छ ।

कार्यक्रममा औषधी व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले विजयीलाई बधाई तथा शुभकामना दिदै संघ तथा व्यवसायीक‍ हितमा काम गर्न अपिल गरे । भट्टराईले देशकै सक्रिय शाखा रुपन्देहीको उत्कृष्टताको निरन्तरताको अपेक्षा गरे । विजयीलाई बधाई तथा शुभकामना दिदै नेपाल औषधी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठले सरोकारवालाको मन जित्दै पदिय मर्यादा, अनुशासन, व्यवसायीक तथा संस्थागत हितमा सधैं खर‍ो उत्रन अपिल गरे । कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवाली, निवर्तमान अध्यक्ष सुरज भट्टराई, पूर्व अध्यक्ष डा. रोहितराज क्षेत्री लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

गत शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट खड्ग बहादुर बस्नेतको अध्यक्षतामा पदाधिकारी तथा कार्यसमिति सदस्यहरु चयन भएका छन् । जसको उपाध्यक्षमा पुरुषोत्तम भट्टराई, महासचिवमा नारायण बहादुर थापा, कोषाध्यक्षमा माधव प्रसाद खनाल, सचिवमा कृष्ण प्रसाद शर्मा पोखरेल तथा उप-कोषाध्यक्षमा केदारनाथ नेपाल तथा कार्यसमिति सदस्यमा कपिल ज्ञवाली, एकादेव बस्याल र उमेश चन्द्र आचार्य चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra