शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

नेपालमा उपचार संभव भएका बिरामीले देशमै उपचार गर्नुपर्छ – स्वास्थ्य मन्त्री पन्थी

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : शनिबार, बैशाख ९, २०८०


नेपालमा उपचार संभव भएका बिरामीले देशमै उपचार गर्नुपर्छ – स्वास्थ्य मन्त्री पन्थी

९ बैशाख, बुटवल । नेपाल स्वास्थ्य प्राविधिक संघ(पान), रुपन्देहीको १२ औं जिल्ला अधिवेशन लाई सम्बोधन गर्दै शनिबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री विष्णु पन्थीले नेपालमै उपचार संभव भएका बिरामीले देशमै उपचार गर्नुपर्ने बताए । “अचेल उपचारका नाउँमा बिदेश जाने चलन बढेको छ, उपचार असम्भव नै भए विदेश जानुपर्ला तर सम्भव भएसम्म नेपाल कै स्वास्थ्य जनशक्ति र अस्पतालको विश्वास गर्नुपर्छ ।”- पन्थीले भने । नेपालको स्वास्थ्य प्रणालीमा नेपाल स्वास्थ्य प्राविधिक संघको अतुलनीय योगदान रहेको बताउँदै मन्त्री पन्थीले पान पुरानो इतिहास बोकेको संस्था रहेको र समय सापेक्ष रचनात्मक गतिविधि निरन्तरता दिनुपर्ने बताए ।

अधिवेशनलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद कुमार गिरीले नेपाल स्वास्थ्य प्राविधिक संघ नेपालको स्वास्थ्य क्षेत्रको जग रहेको बताए । डा. गिरीले नेपाल स्वास्थ्य प्राविधिक संघ सबैको साझा संस्था रहेको र आगामी दिनमा पनि रहिरहने विश्वास व्यक्त गरे । नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रीय अध्यक्ष बसन्त कुमार श्रेष्ठले संघको स्थापना,लक्ष, उदेश्य र संघले गरेका गतिविधि माथि प्रकाश पारे । नेपाल स्वास्थ्य प्राविधिक संघले स्वास्थ्य क्षेत्रमा मात्रै होइन राजनीतिक परिवर्तनको आन्दोलनमा उल्लेखल समेत भूमिका खेलेको श्रेष्ठले दाबी गरे ।


लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले स्वास्थ्य प्राविधिकको साथ बिना स्वास्थ्य क्षेत्र अगाडि बढ्न नसक्ने बताए । नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रीय सचिव अमृत भुसालले स्वास्थ्यकर्मीलाई योग्यता अनुरुपको पारिश्रमिकको व्यवस्था नहुँदा हरेक दिन बिदेश जानेहरूमा अधिकांश स्वास्थ्य क्षेत्रका रहेको बताउँदै देशमै पेशागत सुनिश्चितता कायम हुनुपर्ने बताए । राष्ट्रिय आयुर्वेद एसोसिएसनका शालिकराम भुसाल, पूर्व अध्यक्ष बाबुराम भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । जिल्ला अध्यक्ष बुद्धि बहादुर घर्तीको अध्यक्षता, जिल्ला उपाध्यक्ष उपेन्द्र अर्यालको स्वागत मन्तव्य तथा सचिव गणेश भट्टराईको सञ्चालन रहेको थियो । खुल्ला सत्रमा नेपाल स्वास्थ्य प्राविधिक संघ, रुपन्देहीको भित्तेपात्रो विमोचन गरिएको थियो । जारी अधिवेशनले नयाँ जिल्ला कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra