सोमवार, साउन ४, २०८३ Monday 20th of July 2026

रुपन्देहीको मायादेवीको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा विशेषज्ञ सेवा सुरु

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १९, २०८०


रुपन्देहीको मायादेवीको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा विशेषज्ञ सेवा सुरु

बैशाख १९, बुटवल । सिद्धार्थनगर सिटि हस्पिटल भैरहवाको सहयोगमा मायादेवि गाउँपालिका वडा नं. ८ रुपन्देहीमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा हरेक हप्ताको मंगलबार फिजिसियन र बुधबार बालरोग विशेषज्ञबाट निःशुल्क ओपिडि सेवा संचालन हुने भएको छ ।

ओपिडि सेवाको शुभारम्भ कार्यक्रममा सिद्धार्थनगर सिटी हस्पिटल प्रा. लि.का प्रबन्ध निर्देशक अर्जुन पौडेलले यस वडाका जनतालाई सेवा दिने उद्धेश्यले विशेषज्ञ चिकित्सक स्वास्थ्य सेवा केन्द्रमा पठाएर बिरामी जाँच गर्न सुरु गरिएको रभविष्यमा यहाँका जनताको माग र आवश्यकता अनुसार अन्य विशेषज्ञ समेतको सेवा दिन सकिने पौडेलले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकियय अधिकृत भण्डारीले सिटी हस्पिटलको सहकार्य गरेकोमा धन्यवाद ज्ञापन गर्दै भविष्यमा अस्पताल र गाउँपालिका बिच अन्य क्षेत्रमा पनि सहकार्य गर्न तयार रहेको बताए । आधारभूत स्वास्थ्य सेवा केन्द्र मतकोलवा, मायादेवि ८ मा सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. का वरिष्ठ जनरल फिजिसियन डा. संजय प्रसाद शाहले हरेक मंगलवार र विशिष्ट बालरोग विशेषज्ञ डा. उदय सिंहले हरेक बुधबार ओपिडि सेवा दिने सेवा केन्द्रका प्रमुख भाष्कर आत्रेयले बताए ।

मायादेवि गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक शैलेन्द्र कुमार पाण्डे, समाजसेवि विक्रम सुनार समेतले शुभकामना मनतव्य व्यक्त गरेका थिए । मंगलबार आधारभूत स्वास्थ्य केन्द्र‌मा वडा नं. ८ का वडा अध्यक्ष चोक बहादुर थापाको अध्यक्षता र मायादेवि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम‌को शुभारम्भ गरिएको हो । कार्यक्रमको संचालन आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख भाष्कर आत्रेय र स्वागत मन्तव्य शारदा मरासिनीले गरेकि थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra