शनिबार, असार २७, २०८३ Saturday 11th of July 2026

नेपाल स्वास्थ्य प्राविधिक संघ रुपन्देहीको बैठक नरपानीमा

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ६, २०८०


नेपाल स्वास्थ्य प्राविधिक संघ रुपन्देहीको बैठक नरपानीमा

नेपाल स्वास्थ्य प्राविधिक संघ रुपन्देही जिल्ला कार्यसमितिको वार्षिक कार्ययोजना बैठक अर्घाखाचीको नरपानीमा जेष्ठ ५ र ६ गते सम्पन भयो ।

कार्य योजना बैठकले संघको मुख्यत्र प्रकाशन गर्ने, स्वास्थ्य व्यवसयीहरुको दररेट निर्धारण गर्ने, स्वास्थ्यकर्मीको ज्ञानलाई अभिवृद्धि गर्न प्रशिक्षण संचालन गर्ने, निजी क्षेत्रमा कार्यरत कर्मचारीको जिल्ला भेला गर्ने, जिल्ला विभिन्न स्थानमा शिविरको आयोजना गर्ने कार्यक्रम बैंकले पास गरेको छ ।

कार्ययोजना बैठकमा संघका केन्द्रीय अध्यक्ष बसन्त कुमार श्रेष्ठ, केन्द्रिय सचिव राधा आचार्य, अमृत भुसाल, पूर्व महासचिव भाष्कर आत्रेय, पूर्व केन्द्रीय सदस्य टिकाराम अधिकारी, पूर्व अध्यक्ष बुद्धिबहादुर घर्ती, सल्लाहकार चिन्तामणि ज्ञवालीले सुझाव सहित शुभकामाना मन्तव्य राखेका थिए । बैठकले जिल्ला कार्यसमितिमा प्रविन शाह, सुरेश चौधरी, सत्यराज शाक्य र शारदा मरासिनीलाई मनोनयन गरिएको छ ।

कार्ययोजना बैठकको अध्यक्षता संघका जिल्ला अध्यक्ष इश्वरी पौडेललेको अध्यक्षता केन्द्रीय अध्यक्ष बसन्त श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन सचिव सन्तोष खरेलले गरेका थिए । कार्ययोजना बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, सल्लाहकार, पूर्व महासचिव, केन्द्रीय सचिव र संघका केन्द्रीय अध्यक्ष लगायत ३५ जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra