शुक्रबार, साउन ११, २०८१ Friday 26th of July 2024

स्वास्थ्यकर्मीका लागि इम्प्लान्ट सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : आइतवार, जेष्ठ २८, २०८०


स्वास्थ्यकर्मीका लागि इम्प्लान्ट सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न

स्वास्थ्यकर्मीका लागि इम्प्लान्ट सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्नस्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा स्वास्थ्यकर्मीहरुका लागि इम्प्लान्ट सम्बन्धि ८ दिने क्षमता अभिवृद्धि तालिम लुम्बिनी प्रादेशिक अस्पतालमा आइतबार सम्पन्न भएको छ । समापन सत्रको प्रमुख अतिथिको रुपमा सहभागी लुम्बिनी प्रादेशिक अस्पतालमा स्त्री तथा प्रसुती बिभाग प्रमुख डा भक्त वत्सल राउतले परिवार नियोजनका विभिन्न उपायमध्ये इम्प्लान्ट महत्त्वपूर्ण विधि भएको बताउँदै तालिममा सिकेका कुरा व्यावहारमा उतार्न अपिल गरे । सहि परामर्श नै महत्त्वपूर्ण भएको बताउँदै साना साना कारणले महिलाको स्वास्थ्य जोखिमबाट जोगाउन स्वास्थ्यकर्मीको महत्त्वपूर्ण भूमिका हुने बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले इम्प्लान्ट सेवाग्राहीबाट तिब्र माग भएको र स्वास्थ्यकर्मीले अपेक्षा गरेको कार्यक्रम रहेको बताए । नागरिकले सेवा पाउनुपर्ने कार्यक्रमको प्रमुख उदेश्य रहेको बताउँदै ढकालले स्वास्थ्यकर्मी नागरिकप्रति जिम्मेवार हुनुपर्ने बताए । कार्यक्रममा उनले भने -‘प्रयोगको सिद्धान्त अनुरुप ज्ञान जति बिस्तार गर्‍यो उति बढ्दै जान्छ, प्रयोगमा ल्याइएन भने मर्दै जान्छ तसर्थ तालिममा सिकेको ज्ञान पनि बढ्दै जानुपर्छ । तालिम तालिमको निम्ति मात्रै होइन व्यवहारिक रुपमा कार्यान्वयनमा आउने अपेक्षा राखेको छु ।’ फरक प्रसंगमा विज्ञहरूका अनुसार तराईमा अझै केही दिन गर्मी बढ्ने भएकोले गर्मीप्रति आफू सचेत रहदै स्वास्थ्य सचेतता फैलाउने र गर्मीबाट जनताको जीवनमा आउनसक्ने भवितव्यतप्रति तयारी अवस्थामा रहनुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालकि नर्सिङ प्रमुख ज्योति पौडेलले तालिममा आफुले सिकेका कुराहरू लाई सहि तरिकाले कार्यान्वयनमा ल्याउन आफूसँगै आफ्नो स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई सहजीकरण गर्नमा खट्न अनुरोध गरिन । पौडेलले सेवाग्राहीलाई सरल र सहजरुपमा सहि सल्लाह, परामर्श सधैं महत्त्वपूर्ण रहने बताइन् ।

जेष्ठ २१ गतेदेखि सञ्चालन भएको तालिममा जगत लक्ष्मी सिंह र कमला कार्कीले मुख्य सहजकर्ताको रुपमा सहजीकरण गरेका थिए भने लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल लगायत रुपन्देहीका स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको प्रतिनिधित्व रहेको थियो । कार्यक्रममा स्वास्थ्य तालिम केन्द्र बुटवलका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत भुवन कुँवर, स्वास्थ्य कार्यालय रुपन्देहीका हिमाल खनाल लगायतले विचार तथा प्रशिक्षार्थीहरुले सिकाइ अनुभव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra