शनिबार, जेष्ठ २६, २०८१ Saturday 8th of June 2024

मृगौला बिग्रनुको मुख्य कारणमा मधुमेह र उच्च रक्तचाप

  • प्रकाशित मिति : शनिबार, साउन २७, २०८०


मृगौला बिग्रनुको मुख्य कारणमा मधुमेह र उच्च रक्तचाप

बुटवल । नेकपा एमाले,रुपन्देहीकाे स्वास्थ्य तथा जनसंख्या विभागले शनिवार बुटवलमा स्वास्थ्य गाेष्ठी एवम् नियमित स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न गरेकाे छ । गाेष्ठीमा रुपन्देहीको समग्र स्वास्थ्य स्थिति र रणनीतिक सुझाव सम्बन्धमा  डा. सागर न्याैपानेले र मिर्गौला समस्या, यसकाे राेकथाम एवम् उपचार पद्धतिका बारेमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेतले सहभागीहरुलाई सहजीकरण गरेका थिए । सहजकर्ता डाक्टर बस्नेतले भने ‘दैनिक २ सय लिटर ब्लड छान्ने मृगौलामा हाम्रो ध्यान पुगेको छैन ।’ विश्वब्यापी औषत १० प्रतिशतमा मृगौला खराब देखिएको उनले बताए । मृगौला बिग्रनुको मुख्य कारणमा मधुमेह र उच्च रक्तचाप हुने बताउँदै बस्नेतले खानपान रहनसहनमा ध्यान दिनुपर्ने बताए । ‘जन्मदिनमा केक हैन मृगौला जाँच गरौं ।’—डाक्टर बस्नेतले भने । वर्षमा एकपटक जन्मदिनमा सुगर, युरिया, क्रेटिनन, युरिन एल्भोविनको जाच गरे ८० प्रतिशत मृगौलाको अवस्था थाहा लाग्ने भन्दै यसबाट सचेत बन्न सकिने उनको सुझाव छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेकपा एमालेका पाेलिब्युराे सदस्य एवम् लुम्बिनी प्रदेश सभाका एमाले संसदीय दलका नेता लिला गिरीले स्वास्थकर्मीहरुले समृद्व नेपाल निर्माणका लागि आफ्नाे याेग्यता र क्षमतालाई गहन ढंगले प्रयाेग गर्न अनुराेध गर्दै स्वास्थ जनता रहेमा नै देश बलियाे हुन सक्ने बताए ।

गाेष्ठीमा नेताहरु दधिराम न्याैपाने, नेत्र पन्थी,तेजेन्द्र केसी,सुनील श्रेष्ठ,केदार नेपाल लगायतले रुपन्देहीको स्वास्थ्य स्थितिमा सुधार ल्याउन पार्टी सम्वद्व स्वास्थ्यकर्मीहरुले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जाेड दिए । कार्यक्रममा किरण ढकाल र केदार नेपाललाई सम्मान गरिएकाे थियाे । कार्यक्रममा नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका सदस्यहरुकाे सार्थक सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra