बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

क्रिमसन अस्पतालमा मनाइयो : विश्व मानसिक स्वास्थ दिवस

  • प्रकाशित मिति : मङ्लबार, अशोज २३, २०८०


क्रिमसन अस्पतालमा मनाइयो : विश्व मानसिक स्वास्थ दिवस

 

बुटवल । असोज २३ । मानसिक स्वास्थ्य सबैकाे नैसर्गिक अधिकार हाे भन्ने नाराका साथ मंगलवार विश्व स्वास्थ्य दिवस नेपालमा पनि भव्यरुपमा मनाईएकाे छ । साेही प्रसङ्गमा रुपन्देहीको मणिग्राममा रहेकाे क्रिमसन अस्पतालले अस्पताल प्राङ्गणदेखि मणिग्राम चाेकसम्म प्रभातफेरिका साथ काेणसभा गरि विश्व मानसिक स्वास्थ्य दिवस मनाएकाे छ ।
उक्त काेणसभामा मानसिक राेग विशेषज्ञ डाक्टर सन्दिप वर्माले विश्वमा यतिबेला मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाेले यस सम्बन्धि सर्वसाधारण सबैलाई याे स्वास्थ्यका बारेमा जानकारी गराउन जरुरी रहेकाे बताए ।
उनले काेराेनापछि नेपालमा सामाजिक ,आर्थिक समस्याका कारण मानसिक स्वास्थ्यकाे अवस्था जटिल बन्दै गएकाे उल्लेख गरेका थिए ।

साेही काेणसभामा अस्पतालका व्यवस्थापक चन्द्रकान्त बस्यालले  मानसिक स्वास्थ्य लगायतका सबै खाले स्वास्थ्यमा सुधार गर्न क्रिमसन अस्पताल निरन्तर गतिशील रहेकाे बताए ।
विश्व मानसिक स्वास्थ्यकाे अवसरमा मंगलवार ओपीडी टिकट निःशुल्क र अन्य परीक्षणमा ५० प्रतिशत् छुट दिएकाे अस्पतालकी नर्स सबिना लामाले बताईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra